नववर्ष २०८० काे अवसरमा विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० वैशाख २ गते १५:१६ मा प्रकाशित

काठमाडाैँ,


टुक्का साहित्य समाजकाे आयाेजना २०७९ चैत ३० गते नववर्ष २०८० विशेष टुक्का कविता लेखन श्रृङ्खला ४४ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट १०० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले नववर्ष २०८० लाई स्वागत गर्दै शुभकामनाकाे साथमा सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

टुक्का साहित्य समाजले चाडपर्व उत्सव समाराेहमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले कार्यक्रममा सहभागी सम्पूर्ण टुक्कारहरूलाई धन्यवाद दिँदै विगतमा भएका सबै किसिमका नकारात्मक कुराहरूलाई छाेड्दै सकारात्मक कुराहरू अङ्गालेर आफूमा उत्साह, उर्जा र जाेस भरेर बेथिति, विकृति, विसङ्गति विरुद्ध सचेतना फैलाउदै हाम्रा कलमहरू साहित्य श्रृजनामा अविरल लगाइरहाैँ भनेर आव्हान गर्नुकाे साथै सुख, सुस्वास्थ्य र समृद्धिको कामनाकाे गर्दै नववर्ष २०८० सालको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

विशेष टुक्का कविता लेखन कार्यक्रममा सङ्कलन गरिएका टुक्का कविताहरू
[१]
१.
नयाँ वर्ष आयाे फेरि जाेस उमङ्ग लिएर
खुसी साटेर मनाओैँ शुभकामना दिएर ।
२.
नकारात्मक कुरा छाेडि सकारात्मक अङ्गालाैँ
विगतका त्रुटिहरू सच्च्याई सद्भाव सङ्गालाैँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
नयाँ वर्षमा नयाँ होस् पहल
होउन् इच्छा जिन्दगीका सफल ।
✍️ देवी पन्थी
[३]
१.
आयो लौ नयाँ साल उत्साह उमङ्ग लिई,
बाँडौँ प्रेम सबैसँग शुभकामना दिई ।
२.
धण्टा, दिन,पक्ष,महिना बितेर भित्तेपात्रो सकिन्छ,
मान्छेको शरीर एक एक गरि यसरी नै मकिन्छ ।
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ
[४]
राम्राे लुगा लगाओैँ
नयाँ वर्ष मनाओैैँ ।
✍️ अरुणबहादुर खत्री ‘नदी’
काठमाडाैँ
[५]
सबैको सु-स्वास्थ्य र दीर्घायुको कामना,
पूरा होस् नयाँ वर्षमा मनको चाहना।
✍️ सुशीला पाैडेल
[६]
वसन्तको आँचल पक्री आयो नयाँ वर्ष,
लोकभरि छरिकन उमङ्ग अनि हर्ष ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[७]
१.
थोरै दु:ख अनि थोरै हर्ष,
सोचेजस्तै बनोस् नयाँ वर्ष ।
२.
नरहुन् बाँझो कुनै चाहना,
यही छ मेरो शुभकामना ।
✍️ वसन्त अनुभव
दाङ
[८]
१.
उत्साहमा ठाँटिएर कटाेस् नयाँ वर्ष ,
दुःखदर्द साँटिएर पटाेस् खुसी हर्ष ।
२.
झुल्केघाम बिहानकाे पर्खाई भाे आज ,
उनासीले बिदा लियाे दुनियाँकाे माज ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[९]
१.
नयाँ वर्ष तिमीलाई स्वागत खुल्ला हृदयले
नयाँ कुरा देला संसारलाई नयाँ समयले ।
२.
शुभकामना अर्पेर दुई हजार असी विक्रम सम्वत् मनाओैँ
विगतका नराम्रा कुरा बिर्सेर जनलाई उमङ्ग बनाओैँ ।
✍️ रचना शर्मा प्रतीक्षा
इमाडोल ललितपुर ।
[१०]
१.
नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना,
मिलेर बस्नुपर्छ साहित्यकारहरू सबैजना ।
२.
बाद विवाद छाडौँ जसरी गयो पुरानो वर्ष,
थियो कयौँलाई पीडा र कयौँलाई थियो हर्ष।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[११]
१.
दिन गयो महिना गयो समय साथै यो वर्ष पनि गयो ,
उनासी सालको पलपलमा हरेक कुराको याद भयो ।
२.
वसन्तको परिवेश सँगै आयो दुई हजार असी साल उमङ्ग लिएर
खुसी साटौँ सबै सबैको मन मुटुमा नयाँ वर्षको शुभकामना दिएर ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१२]
१.
सधैँ पुरानो साल विदा भई नयाँ वर्ष आउॅंने गर्दछ
सोचौँ हामीले आउॅंने सालले सकरात्मक कुरा भर्दछ।
२.
भ्रष्टाचार मुक्त समाज सबको रोजाइमा हाे देशमा
स्वागत गराैँ दिल खोलेर हाम्रो नेपाली भाषा भेषमा।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः- सुनापति-१
हालः-अमेरिका, म्यासाचुसेट्स बोस्टन।
[१३]
१.
नयाँ वर्ष आयो है उमङ्ग बोकेर
नेताका गल्ती देखाऔँ अब तोकेर ।
२.
नयाँ जोस, नयाँ जाँगर, नयाँ लक्ष्य लिऊँ
मनमा तुस नराखी शुभकामना दिऊँ ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
हाल- प्रवास
[१४]

जोस, जाँगर ,चैन बोकी आओस् नयाँ वर्ष ,
सुख, शान्ति, समृद्धिमा माैलाओस् सदा हर्ष ।

मन, मुटुकाे ढुकढुकीमा सदा प्रेमभाव छाओस् ,
बदल्नु छ पूर्व सोचहरू अदम्य सहास आओस् ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१५]
१.
माया सङ्लो हिम नदीको बग्छ सलल,
नववर्षको दीप नयाँ बल्छ झलल।
२.
बितिगए दुखी दिन,पुरानो सालमा,
मुस्कुरायो नयाँ वर्ष फूलको चालमा।
✍️ होम प्रसाद
धरान, सुनसरी ।
[१६]
१.
हर्ष आनन्द बाढ्न फेरि नयाँ वर्ष आयो,
नेपालीको घर आँगनमा प्रवेश पायो ।
२.
सिर्जनाका फूलहरू फक्रिउन नयाँ वर्षमा,
आपत् विपत् नहोस् कसैलाई नि सारा हुन् हर्षमा ।
✍️ भगवती दवाडी
झापा
[१७]
१.
नयाँ वर्ष नयाँ नयाँ सोच बोकी आओस्
गरिब दु:खी सबैले पेटभरि खाओस् ।
२.
च्यातिएका पर्दालाई टालो लगाई टालोस्
भ्रष्टाचारको जालोलाई देशबाट फालोस् ।
✍️ लाेकनाथ दिङ्लाली
[१८]
१.
दिन उही साल फेरिदै नयाँ वर्ष आयो,
हरेक नेपालीको मनमा उमङ्ग छायो ।
२.
नआओस् कसैलाई दुख कष्ट नयाँ वर्षमा ,
सधैँ दिनहरू बितेर जाओस् हर्षै हर्षमा ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१९]
१.
दिन्छु सबैमा नयाँ सालकाे शुभकामना,
राखेर प्रेम भाव, खुसी र स्वच्छ भावना।
२.
सुख, शान्ति र समृद्धि सम्पूर्णमा छाओस्,
दु:ख कष्ट पीर मर्का कसैमा नआओस्।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[२०]
१.
नयाँ वर्ष नयाँ उन्नति लिई आइदेऊ!
सबैकाे मनमा ज्याेति बनेर छाइदेऊ।
२.
वसन्तको हरियालीमा प्रगतिको गीत गाउँदा
हर्षित भयाे मन नयाँ वर्षकाे बहार आउँदा ।
✍️रश्मि रिमाल
झापा
[२१]
१.
जस्तो सुकै दु:ख कष्ट परे पनि गराैँ सामना,
नव वर्षकाे सम्पूर्णमा हार्दिक शुभकामना ।
२.
सबैको मन मनमा छाएको छ हर्ष,
अहिले पनि आयाे फेरि याे नयाँ वर्ष।
✍️ सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही
[२२]
१.
नयाँ जोस जाँगर लिई आयो नयाँ वर्ष
सब जनको मनमा छाओस् खुसी र हर्ष ।
२.
सु-शासन अनि देशमा सु-शान्ति पनि छाओस्
भ्रष्टाचार निर्मूल पार्ने नेता देशमा आओस् ।
✍️ सरिता सेढाई
धादिङ
[२३]
१.
खुसी हुनुछ बोकेर हर्षमा
के के हुने हो यो नयाँ वर्षमा ।
२.
कति दम छ नि लेखाईमा मसीको
शुभकामना दुई हजार असीको।
✍️ साँग्रीस मानन्धर मोती
[२४]
१.
तिमी आउने खुसीमा चारैतिर छ हर्ष
हार्दिक स्वागत छ तिमीलाई नयाँ वर्ष
२.
सकारात्मक सोचले भरौँ आफ्नो मन
शान्त अनि सुन्दर हुदैँ जान्छ जीवन ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२५]
उल्लासमय रहोस् सबैको जीवनमा सुख र हर्ष
दुख पिडाहरू अन्त्य होस्, सोचे जस्तै बनोस् नयाँ वर्ष।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२६]
१.
महा भुकम्पले समाज एकै ठाउँमा पाऱ्यो
कोभिड आयो मान्छेसँग मान्छे अलग साऱ्यो ।
२.
दुई हजार असी सालको शुभकामना
अझै सुध्रिदै जाओस् सबैको मनोभावना ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[२७]
१.
जताततै हर्ष, उमङ्ग र खुसीयाली छायो
नयाँ-नवीन सन्देश बोकी नव वर्ष आयो ।
२.
वसन्तमा वनकुसुम फक्रिएको बेला
नव वर्ष मनाउन लौ हुनुपर्छ भेला ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[२८]
१.
स्वागत छ नव वर्षलाई घर आँगन ,
ईश्वरसँग सुख शान्तिकाे वर मागन ।
२.
अब बिदाइ छ नल नमा संवत्सरलाई ,
स्वागत गराैँ पिङ्गल नाम संवत्सर हाई ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[२९]
नवीन काम नवीन सोच नवीन वर्षमा,
जीवन भन्नु सबैको लागि मनको हर्षमा ।
✍️ आर्त अकुलीन
कैलाली
[३०]
१.
विगतका तिता समयलाई सम्झन छाडौँ,
यो नयाँ वर्षमा आशाका किरणहरू बाँडौँ ।
२.
मनमुटाव, ईर्ष्या, रिसराग निकालेर फालौँ
आजैदेखि देश विकासको कदमहरू चालौँ ।
✍️ रचना मोक्तान “यात्री”
नमोबुद्ध न. पा.-५, काभ्रे ।
[३१]
१.
केही भुलौँ केही साँचौँ यसलाई चिरन्तन प्रवाह मानौँ
सिकौँ सिकाऔँ पच्ने पचाऔँ नपच्ने सदैव अपच ठानौँ।
२.
हृदयदेखि स्वागतम् नववर्ष! यो साल विशेष रहोस्
ढकमक्क बगैँचामा रमोस् वसन्त सदा,उजाड़ नहोस्।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम भारत।
[३२]
१.
नयाँ वर्षले सबैमा खुसी छाओस्
देशमा हिंसा होइन शान्ति आओस् ।
२.
मनमा जोस जाँगर अनि हर्ष
सोचेभन्दा राम्रो होस् यो नयाँ वर्ष ।
✍️ बाबुराम पाण्डे
शीतगंगा अर्घाखाँची
[३३]
१.
नव वर्षको आगमनले नयाँ आशा पलायो,
नयाँ जोस जाँगरले सारा जगत चल्मलायो।
२.
सुख शान्ति समृद्धिको बनोस् असी साल,
रोग शोक भोक टारेर गरोस् कमाल।
✍️ बिबस पारदर्शी
झापा
[३४]
सबैलाई बनाईदिओस् सधैँ सधैँ हर्ष
सुख र शान्तिले मात्रै छाओस् यो नयाँ वर्ष ।
✍️ विक्रम तिरूवा सलिन
जुम्ला
[३५]
१.
प्रत्येक घरघरमा खुसी बाेकेर आओस् नि नयाँ वर्ष
असी सालमा सबैकाे मनमनमा बर्सियाेस् हर्षै हर्ष ।
२.
सुख, शान्ति र समृद्धि छाओस् अनि आओस् सबैमा समभावना
ओठमा हाँसाे मनमा खुसी छाओस् नयाँ सालकाे शुभकामना ।
✍️ एस वि प्रगति
झिमरुक ,प्यूठान
[३६]
१.
नयाँ वर्ष आयाेस् नयाँ हर्ष ल्याओस्
सबैमा खुसीकाे मिठाे शान्ति छाओस् ।
२.
नयाँ काम थालाैँ नयाँ साेच गम्दै,
खुसीले रमाऔँ सबै साथ जम्दै ।
✍️ निरज कोइराला
सुनसरी
[३७]
१.
नयाँ वर्ष नयाँ उमङ्ग लिएर आओस्
सबैतिर सुख, शान्ति,खुसीयाली छाओस्।
२.
टुक्का गाँस्दै रमाउने हाे सबकाे चाहना
नव वर्षको अवसरमा शुभकामना ।
✍️ मित्र `उराठी´ गाैतम
तिलाेत्तमा न पा-२,रुपन्देही
[३८]
१.
नव वर्षमा सबैको नयाँ पहल होस्।
यो कठिन जीवन पनि सरल बनोस्।
२.
एउटा साल बितेर गयो,आउॅदै नयाँ साल।
साथमा लिएर आउँछ दुःख सुखको जन्जाल।
✍️ नीता गुरूंग भाटिया
गुवाहाटी,असम भारत।
[३९]

तिमी आउनु, नयाँ वर्ष बनेर,
म पर्खिरहन्छु, आउँछाै भनेर।

वनकुसुमकाे, काेसेली ल्याउनु,
खुसीका वहार, उमङ्ग छाउनु ।
✍️ विष्णु लाेहनी
धादिङ्ग
[४०]
१.
आउछौँ यसैगरि उमङ्ग सहित सधैँ हर्षमा,
तिमीलाई मनै देखि स्वागत गर्छु नयाँ वर्षमा।
२.
बदलिँदो छ समय सकारात्मक बनाउ मनमा,
सधैँ उर्जावान भई अगाडि बढ्नु पर्छ जीवनमा।
✍️ दुर्गा आचार्य
मोरङ
[४१]
१.
उमङ्ग अनि प्रगति होस् छाइरहोस् हर्ष,
एकताको बिम्ब बनोस् आउने नयाँ वर्ष।
२.
अभाव कष्ट केहीको पनि नहोस् सामना,
नयाँ वर्षले उल्लास भरोस् शुभकामना।
✍️ नवशिला,
बेलबारी-२, लालभित्ती,मोरङ।
[४२]
१.
मुस्कुराएर आऊ नयाँ वर्ष
लिएर मनमा खुसी र हर्ष।
२.
प्रत्येकमा जोस जाँगरका साथ आऊ नयाँ वर्ष
मनमा सुख शान्ति छाओस् बरु गर्न परोस् सङ्घर्ष।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[४३]
१.
नववर्ष दुई हजार असीकाे आगमनले छाओस् खुसियाली,
कर्म गर्नमा लाग्नुपर्छ हामीले थिति नयाँ उन्नतिका बसाली।
२.
जय रहाेस् नयाँवर्ष उत्साह र ओैचित्यका साथ,
देश विदेश गाओस् नेपालकाे गुणगान र गाथ।
✍️ धन कुमारी रेग्मी
भरतपुर
[४४]
१.
जोस, जाँगर र उत्साह छायो
लौ आयो अब नयाँ वर्ष आयो ।
२.
वर्षभरि दु:ख कष्ट कसैलाई नहोस्
दुई हजार असी शुभ मङ्गल रहोस् ।
✍️ बिके माकजु
भक्तपुर ।
[४५]
१.
दुख पीडा बिसाएर मनाउने चाहना
नयाँ वर्ष सबैमा हार्दिक शुभकामना ।
२.
स्वागत गर्छौँ नेपाली तिमीलाई नयाँ वर्ष
सुख शान्ति समृद्धि लिई आउ मनमा हर्ष।
✍️ तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
[४६]
१.
एउटा पात्रो मात्र यहाँ फेरिएको हैन,
राम्रो काम सम्झनामा कहिल्यै मेटिॅंदैन ।
२.
यात्रा अगाडि बढ्दै गर्दा अधकल्चो भए,
नववर्ष नयाँ बाटो पुराना दिन गए ।
✍️ म्यामराज राई
भोजपुर
[४७]
टुक्का लेख्दै फैलाऊँ हामी सद्भावना
नयाँ वर्षको सबैमा शुभकामना।
✍️ जगत थापा
बझाङ्ग
[४८]
१.
प्रत्येक वसन्तमा नयाँसाल आउने
तर कसैको मनमा खुसी नछाउने ।
२.
नववर्षले सबैमा हर्षोल्लास छाओस्,
प्रत्येक नेपालीको मनमा खुसी आओस्।
✍️ प्रदीप के रिमाल
कोशी प्रदेश।
[४९]
नयाँ वर्ष होस् सुखद,पीडा हटोस् सबैको
मनमा उत्साह होस् मन नदुखोस् कसैको।
✍️ कपिल किशोर घिमिरे
[५०]
१.
नयाँ वर्ष आयाे मनमा हर्ष उल्लास छाइदिन्छ,
वसन्तमा कोइलीेले विरहकाे गीत गाइदिन्छ।
२.
हार्दिक मङ्गलमय शुभकामना दिदै छुँ सबलाई,
सारा आओस् सच्चाइँका रसैरस धर्तीमा सुन फलाई।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[५१]
शुभकामना सबैलाई नयाँ वर्षको
दुख भुलेर सासफेर्नु पर्छ हर्षको।
✍️ सन्जना शर्मा
दाङ लमही
[५२]
१.
दुःख कष्ट हटाइ मनमा ल्याउने हर्ष,
शुभकामना साटौँ आइसक्यो नयाँ वर्ष ।
२.
परिश्रम गरेर जीविका चलाउनेको भार,
नयाँ वर्षको शुभकामना, मान्नु छैन हार ।
✍️अच्युत घिमिरे
भुटानबाट
[५३]
१.
खै त आयो भन्छ फेरि गइसक्यो भन्छ नयाँ साल
गरिब भने जस्ताका त्यस्तै, नेता मात्रै मालामाल।
२.
उर्जाको कलमले उन्नतिको शब्द कोरियोस् तब
नयाँ साल सँगसँगै हजुर! देश फेरियोस् अब।
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत
[५४]
१.
दिन,हप्ता,महिना हुँदै आयो नयाँ वर्ष
सुख,शान्ति ,समृद्धिले छाओस् मनमा हर्ष ।
२.
विश्वासको दिप बाल्दै आउ तिमी नयाँ वर्ष
पवित्र मनले स्वागत गरौँ मानेर हर्ष ।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५५]
१.
नयाँ वर्षमा सम्वत् यो फेरिएको
यता कष्टले जिन्दगी घेरिएको ।
२.
यहाँ आत्ममा शान्ति आलोक छैन
अध्यारो छ जम्मै कतै घाम ह्वैन ।
✍️ सूर्यमणि रेग्मी
चितवन
[५६]
१.
नयाँ वर्षको उज्यालो घामले महल देखि झुपडीलाई चुमोस्,
गरिबी पछौटेपन हटाएर समृद्धि जन जनसम्म पुगोस्।
२.
नयाँ वर्ष शुभ बनोस् गाउँ देखी शहरमा,
दुख कष्ट हराई माया प्रेम बढोस् घरमा ।
✍️ शरद प्रधानाङ्ग
विराटनगर-७
[५७]
१.
जीवनमा उन्नति प्रगतिले शिखर चुमाेस्
दुख कष्ट र राेग व्याधी सदाका लागि गुमाेस्।
२.
कल्पेका जनले विशुद्ध मनले पूरा हाेऊन् चाहना,
आउँदाे नववर्षकाे हजुरमा अर्पेँ शुभकामना ।
✍️ रामकृष्ण रिजाल
बा नपा १३ बागलुङ
[५८]
आयाे नयाँ वर्ष अब उत्साह भरि
मनाऔँ सब हामी रमाइलो गरि ।
✍️ शर्मिला खतिवडा अघिकारी
झापा
[५९]
१.
नयाँवर्ष असीको यो कामना छ हजुर
नेपाल र नेपाली हुन् मन्दिर र गजुर।
२.
अन्याय र अकीर्तिको खेदो खुबै खनोस्
न्याय नीति प्रगतिको नयाँवर्ष बनोस्।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[६०]
नववर्ष स्वागत छ तिमी आउँदा म खुसीमा भुल्नसकुँ
तिम्रो स्वागतमा मेरा शीतल शिल्पहरू लिइ खुल्नसकुँ ।
✍️ पुष्पासायरा । विराटनगर
[६१]
१.
हरेक पल माैलाउँदै गरुन् भित्री मन मुटुका भावना
यही छ है मेरो नयाँ वर्षकाे सम्पूर्णलाई शुभकामना ।
२.
स्वतन्त्र भएर बाँच्न पाउँन सबै ढङ्गले
मनमा हर्ष माैलाओस् गदगद उमङ्गले ।
✍️ केसर बाेहरा (संघर्ष )
सुदुरपश्चिम अछाम ।
[६२]
१.
प्रभात भएर आउदैछ दिन हामी छौँ सँघारमा
आइ र जाइ गर्नु नै पर्ने एकछिनको बजारमा ।
२.
सबैको जीवन सार्थक होस् भन्ने सुन्दर छ भावना
प्रभातमा समागम छाएको राम्रो, छ शुभकामना ।
✍️ दस्ता कौशिक
पाँचथर।
[६३]
१.
भोकै नाङ्गै कोही पनि हुन नपरोस्
कसैका लागि नि अपशब्द नझरोस् ।
२.
पाउनु भन्दा अर्कालाई दिनुमा हुनु पर्छ सबै खुसी
आउदो नव वर्षमा विश्वका सबैका खुसी होस झुसी।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[६४]
१.
नयाँ वर्षले सकल जनमा साँच्चै खुसी छाओस्
निराशा फ्याँकी वर्षभरि मुहारले हाँसो पाओस्।
२.
देशको राजनीति सङ्लियोस् नरहेर धमिलो
जनताको मन राजनीति देख्दा नहोस् अमिलो।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[६५]
१.
दुबो जस्तै फैलियोस् एक आपसमा मनको भावना
नव वर्षको सम्पूर्णमा मङ्गलमय शुभकामना ।
२.
सबैको घर आँगनमा नयाँ वर्ष आयो
बिहानीको किरणसँगै सुख शान्ति छायो।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.३,काभ्रे
[६६]
ओठमा हाँसाे मनमा खुसी बसाैँ लिएर
नयाँ वर्ष मनाऔँ शुभकामना दिएर ।
✍️ काेपिला अधिकारी
[६७]
नववर्षको शुभारम्भसँगै सब जनको ओठमा हाँसाे खुसी छाओस्
वर्ष फेरिएसँगै सब जीवमा सद्बुद्धिले मष्तिष्क माझिएर आओस् ।
✍️ तिर्सना सापकाेटा
[६८]
शान्ति आनन्द सुख र दिव्यताका लागि खोजौँ सत्य,
नयाँ वर्षबाटै त्यागेर घमण्ड गराैँ काम फत्य ।
✍️ लाेक बहादुर क्षेत्री लामिछाने
[६९]
१.
डाँडाकाँडा प्रकृति पहरा फेरियो हर्ष लायो,
पहिलो झुल्को रवि किरणको नयाँ वर्ष आयो ।
२.
फूल्नेखेल्ने कुसुम लहरा फेरियो प्रात छायो,
हेर्दाहेर्दै यसजगतमा यो नयाँ वर्ष आयो ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु -६, नवलपुर ।
[७०]
आओस् नयाँ वर्ष याे समाज परिवर्तन गर्न
अति दुखी गरिबहरुको ओठमा खुसी छर्न।
✍️ रत्ना पुन मगर
रुकुम पश्चिम्
[७१]
१.
प्राकृतिक प्रकोप बिर्साइदिनु नव वर्ष अब
जनमा कोभिडले झैँ सन्त्रास नफैलाउनु सब ।
२.
बुद्ध जन्मभूमि हाे याे शान्ति छाउनु पर्छ
याे नयाँ वर्षले सबैमा हाँसाे खुसी छर्छ ।
✍️ इन्दु श्रेष्ठ
[७२]
१.
गते फेरियो महिना फेरियो वर्ष फेरियो,
आउने साल सबैको भलो होस् हर्ष घेरियो।
२.
हरेक घर घरमा पात्रो, झुण्डियो नयाँ वर्षको,
सुख शान्ति अनि सम्बृद्धिले, यो साल बनाेस् हर्षको।
✍️ एवाई प्रभात
पाँचथर
[७३]
१.
समय वित्छ हाम्रो उमेर ढल्किन्छ
नयाँ साल फेरिएन उसै पल्किन्छ।
२.
सवैको जीवन हर्ष उलासका साथ बितोस्
खुसीले नयाँ वर्षमा सबैको खुलास मिलोस् ।
✍️ साधना पाैडेल
ओखलढुंगा
[७४]
१.
दुई हजार असी सालकाे नयाँ वर्ष आयो,
दुख पीडा भुल्दै सबको मनमा हर्ष छायो।
२.
मनमा गडेका रिसराग जाओस्,
नयाँ वर्षले देशमा शान्ति छाओस् ।
✍️ नानीबाबा अधिकारीी
हाल अस्ट्रेलिया

[७५]
१.
प्रत्येकमा खुसी लिएर आओस् नयाँ वर्ष
हर समस्या पन्छाएर ल्याओस् प्रिय हर्ष ।
२.
नयाँ वर्षले ल्याओस् सकारात्मक भावना
सुख,शान्ति,समृद्धिका लागि शुभकामना ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[७६]
१.
फेरि अर्को नयाँ दशक शुरूवात भयाे,
कैयौँ बाधा पन्छाउँदै पुरानाे चाँही गयाे।
२.
स्वास्थ्य र समृद्धि नै हाम्रो पहिलाे चाहना
हजुरलाई पनि यही छ शुभ-कामना ।
✍️ शान्ति याक्साे
काठमाडौं ।
[७७]
१.
हामी थाकी सक्यौँ प्रकृति नयाँ वर्षसँगै आउ उर्जा बनेर
प्रत्येकलाई इमानदारीता देउ तिमी ईश्वर झैँ गनेर ।
२.
छाऊ सम्पूर्णमा समृद्धि र आपनत्व बिहानी किरण छरी
सबैमा नयाँ वर्षकाे शुभकामना न्यानाे अभिवादन गरी।
✍️ रमादेवी बानिया
कटुन्जे-५, भक्तपुर ।
[७८]
१.
नेपालीलाई तरङि्त पार्दै आयो नयाँ वर्ष
सादा जीवन उच्च विचार यही लाग्छ हर्ष ।
२.
ताजै छन् यादहरू पोस्टकार्ड बाँड्ने गरेको
जसभित्र फूल, कलाकारका रङ्ग भरेको।
✍️ इश्वरी अधिकारी
लमजुङ्ग
[७९]
१.
हरेक कर्मदिनहरू उर्जाशील र प्रगतिशील बनुन्
हरपल मन खुसी र दिन हराभरा उमङ्गका रहुन् ।
२.
सुख, शान्ति, समृद्धि साथै पूरा भइदियाेस् मनका चाहना
नव वर्षको सबैमा हार्दिक मङ्गलमय शुभकामना ।
✍️ तारा देवी सुवेदी(न्यौपाने)
पोखरा
[८०]
फेरि पनि रोग अनि प्रकोपसँग गर्न नपरोस् संघर्ष
असीको यो दशकले यत्रतत्र छरोस् उमङ्ग अनि हर्ष।
✍️ बाबुराम गौतम
गुल्मी
[८१]
१.
स्वागत छ नयाँ वर्ष खुसी बाेकी आऊ
सुख ,शान्ति समृद्धिले सबै तिर छाऊ।
२.
वसन्तकाे पालुवा झै नयाँ बनाेस् जीवन
सदैव शुभ कर्म गरून् शान्त रहाेस् मन ।
✍️ प्रेम कला चापागाईं( सिटौला )
मेचीनगर – १२ सहरेडागी झापा
[८२]
१.
गन्तव्यमा नपुगी कहिल्यै नफिर्नु
आफ्नै नजरबाट आफैँ नि नगिर्नु ।
२.
नयाँ सालकाे हार्दिक शुभकामना दिदैछु
सकारात्मक सोचकाे परिवर्तन लिदैछु ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[८३]
१.
अरूको कुरा काट्नै नपरोस् सु-कर्ममा मन लगाऔँ,
नयाँ वर्षमा सबै खराब कामलाई दूर भगाऔँ ।
२.
सत्य साँचो बोल्न परोस् हामीले जो बोल्छौँ त्यो पूरा गरौँ,
नयाँ वर्षमा नेपालीलाई सुख होस् उन्नतिले भरौँ ।
✍️ रामप्रसाद पुरी
बादेल खोटाङ
[८४]
१.
नयाँ वर्षले उन्नति शान्ति ल्याओस्
मेची कालीसम्मै खुसी हर्ष छाओस् ।
२.
नयाँ वर्षको छ बरै हरे हाई हाई
सबैलाई छ शुभकामना र बधाई।
✍️ ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[८५]
बित्यो तीन सय पैँसठ्ठी दिन उनासीमा नै बसी,
हार्दिक शुभकामना सबैमा, दुई हजार असी ।
✍️ निकास घिमिरे
पाणिनी-७ अर्घाखाँची
हाल काठमाडाैँ
[८६]
१.
सबैलाई अनगिन्ती सम्झेकोछु नयाँ सालमा,
झुटो कहिलै नबोल्नु साथी हो अरूको तालमा।
२.
नयाँ साल मिलेर फलाऊँ फुलाऊँ सबै हामी,
घमण्ड र स्वार्थी बनेर कहिल्यै हुदैन नामी।
✍️ कमला पाण्डे पराजुली
झापा
[८७]
१.
हटेर होइन डटेर गरौँ सामना,
नयाँ वर्षको सबैलाई शुभकामना ।
२.
सबको घर नयाँ वर्ष उमङ्ग लिएर आऊ,
बेथिति विसङ्गतिहरू सबै पन्छ्याउदै जाऊ।
✍️ अम्बिका गिरी
विराटनगर
[८८]
१.
शताब्दीमा फेरि फर्केर आउदा भेट हुने छैन
तिमी आउने समयमा म त यहाँ रहने हैन।
२.
स्वागत छ नयाँ वर्ष तिमी घुम्टो ओढी आउनु,
साेन्दर्यको बिहानीलाई पूर्वबाट चिहाउनु।
✍️ इन्दिरा कोईराला (गौतम)
ईटहरी सुनसरी।
[८९]
१.
थुप्रै आँधीको वेगहरुसँग सामना गर्दै बितेछ यो वर्ष
ति दु:खद क्षणहरू पन्छाउँने कामना भर्दै टिकेछ हर्ष।
२.
कोरोना, डेंगु जस्ता महामारी रोग व्याधि निर्मूल होस्
यो नयाँ वर्षले सम्पूर्ण प्राणीहरुमा उमङ्ग, छाओस् ।
✍️ राजेश्वरी राजोपाध्याय (जरी)
ललितपुर
[९०]
१.
यो नयाँ वर्षले ल्याओस् हाँसो खुसी सबैतिर
देशमा दुःख पीडाले घात नहोस् कतैतिर ।
२.
विकास देशमा ल्याओस् नयाँवर्ष चकाचक
यो साल सुन्न मिल्ला कि राम्रा कुरा भकाभक ।
✍️ चूडा निर्भीक
हालःचन्द्गागिरि १० काठमाण्डौ ।
[९१]
१.
धेरै खुसी मिलाेस् , उमङ्ग र हर्ष,
सोचे जस्तै होस् सबैको नयाँ वर्ष ।
२.
नरहुन् कुनै खाली र रित्तो इच्छा चाहना,
यही नै छ सबैलाई मेरो शुभकामना ।
✍️ गृष्मा पौड्याल
टोक्यो, जापान
[९२]
१.
सबैमा नव वर्षकाे अनगिन्ति शुभकामनाहरू,
खुसी र उत्तराेत्तर प्रगतिकाे कामना थप अरू।
२.
साना तिना कुराहरुले मन कहिले पनि नदुखाेस्,
गलत ठाउँहरुमा याे शिर कहिले पनि नझुकाेस्।
✍️ पुष्पा राई
खाेटाङ।
[९३]
१.
असीको दशक होस् राष्ट्र र जनताको अब,
नासिउन विकृति र विसङ्गतिहरू सब ।
२.
नाश हुन सकोस् परिवारवादी चिन्तन भावना,
नयाँ वर्ष असीको सबैमा हार्दिक शुभकामना।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०
राँझा एयरपोर्ट बाँके
[९४]
१.
वेदना, कष्ट जञ्जाल जुन झेलिए
त्यागिदिउँ फोहाेरी खेल जो खेलिए ।
२.
सभ्यता शिष्टता नै सिकून् बालक
सौम्य नेतृत्व होस् नीतिको पालक ।
✍️ सुदर्शन शर्मा
[९५]
छोडेर नराम्रा बानी र कुलत मनाउँ नयाँ वर्ष
सुनौलो बनोस् दिनहरू सधैँभरि छाइरहोस् हर्ष ।
✍️ सुमिना तिमल्सिना
भक्तपुर
[९६]
द्वेष नहाेस् सधैँ आपसमा मिलोस् विचार भावना
दुई हजार असी सालको हार्दिक शुभकामना ।
✍️ आर्मित्मा थापा मगर
[९७]
आयो यो पावन वर्ष आगनीमा छमछम नाँचिदेउ परी ,
तिम्रै स्वस्ति गर्छु हेरी गगनीमा मङ्गल जगाइदेउ हरि ।
✍️ बुद्धि प्रासद सापकाेटा
[९८]
सधैँ होस् शुभकामना सबै जनभरि बिर्सेर थोत्रा कुरा
इच्छा पूर्ण होस् सर्वहितको नेपाली जनमा यो सब पुरा ।
✍️ माधव पाेख्रेल गाेज्याङ्ग्रे
[९९]
१.
असी सालले ल्याएर शुभ समाचार ,
संहिता पालना गर्दै भाव सदाचार ।
२.
नववर्षको मंगलमय शुभकामना,
उत्तरोत्तर प्रगतिसँगै बढोस् भावना ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१००]
मनमा सबको हर्ष होस्
नयाँ वर्षमा खुसी छाओस् ।
✍️ देवी ढुङ्गेल

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया