अमेरिकाको मोन्टानाका सांसदहरूद्वारा टिकटक माथि प्रतिबन्ध लगाउने विधेयकपारित ,पूर्ण प्रतिबन्ध लगाउने पहिलो राज्य

इनेप्लिज २०८० वैशाख २ गते १०:४१ मा प्रकाशित

अमेरिकाको मोन्टाना राज्यको रिपब्लिकन दलका विधायिकाले टिकटक माथि प्रतिबन्ध लगाउने विधेयकलाई पारित गरेका छन् । मोन्टानाका सांसदहरूले राज्यमा सामाजिक सञ्जाल अनुप्रयोग (एप )टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अन्तिम रूप दिएका छन् ।

मोन्टानाको तल्लो सदन (हाउस)ले सामाजिक सञ्जाल टिकटकलाई राज्यमा सञ्चालन गर्न प्रतिबन्ध लगाउने विधेयकलाई गत शुक्रबार अन्तिम रुप दिएको हो ।

तल्लो सदनमा मतदान हुँदा ५४-४३ बहुमतद्वारा पारित भएको छ । मोन्टाना राज्य पूर्ण प्रतिबन्ध लगाउ पहिलो राज्य बनेको छ। तल्लो सदनबाट अब रिपब्लिकनका गभर्नर ग्रेग जियानफोर्टेमा जानेछ । । प्रवक्ता ब्रुक मेट्रिओनले उपलब्ध गराएको एक वक्तब्यमा गभर्नरले विधायिकाले पठाउने सबै विधेयकहरूलाई “होशियारीपूर्वक विचार गर्नेछन्” भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

गभर्नरले गत वर्ष राज्य सरकारका उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । टिकटकका प्रवक्ताले प्रतिबन्धलाई कानुनी चुनौती दिने वाचा गरेका छन ।

प्रतिक्रिया