राष्ट्रपति रनिङ शिल्ड सुरु

इनेप्लिज २०७९ चैत २८ गते २२:०२ मा प्रकाशित
मोरङ,२८ चैत(रासस): मोरङ जिल्ला खेलकूद विकास समिति र वुढीगंगा गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित मोरङको टङ्कीसिनवारीमा मङ्लबार देखि शुरु भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।तस्बिर : मनोज दाहाल÷रासस

विराटनगर,२८ चैत । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित सुरु भएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले प्रतियागिताको उद्घाटन गर्दै यस क्षेत्रमा खेलकुदको विकासका लागि आवश्यक संरचना , प्रतियोगिता एवं खेलाडीलाई उचित प्रशिक्षणको व्यवस्था गरिरहेको बताउनु भयो ।

उहाँले यस क्षेत्रमा अत्याधि गर्मिको कारण बालवालिकालाई खेलकुदको प्रतिस्पर्धाका लागि अवस्था नरहेको हुँदा खेलको तालीका परिवर्तन प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायत यस प्रकारको प्रतियोगिताले राष्ट्रियस्तरको खेलाडी उत्पादनमा सहयोग पुग्ने विचार राख्नु भयो ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ्ग चैत ३० गतेसम्म हुनेछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको लगायतका खेलाहरुमा प्रतिस्पर्धा हुनेछ ।

जिल्लाका १४ पालिकाबाट एक हजार जना खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया