न्यूयोर्कमा नेपाली नया बर्षको अवसरमा हेमन्त राना, प्रकाश सपुत तथा किरण गजमेरको प्रस्तुती हुने

इनेप्लिज २०७९ चैत २७ गते ०:४६ मा प्रकाशित

नेपाली नयॅा बर्ष २०८० को अवसरमा चर्चित कलाकारहरुको न्यूयोर्कमा बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रममा ‘साईली’ का बहु-चर्चित गायक हेमन्त राना, ‘गलबन्दी र पिर’का बहुचर्चिच गायक प्रकाश सपुत र भ्वाईस अफ नेपाल-३ बिजेता गायक किरण गजमेर एकै साथ उपस्थिति हुने भएका छन् ।

पर्वत सेवा समाज न्युयोर्क, अमेरिकाको आयोजना र ड्रिम्स युनिभर्सल एलएलसीको सहकार्यमा आगामी २०२३ अप्रिल १५ (नेपाली नयॅा बर्ष २०८०) शनिबार राती ७:०० देखि मध्यरात सम्म न्युयोर्कको क्विन्स, एस्टोरिया स्थित मेलरोज बलरुमको हल सङ्गीतको बर्षातले न्युयोर्कको माहौललाई संगितमय बनाउने भएको छ ।

“Nepali New Year 2080” नाम दिईएको उक्त सांगितिक कार्यक्रममा बहुचर्चित गायक प्रकाश सपुत, हेमन्त राना र किरण गजमेरले आफ्नो उत्कृष्ट सांगितिक प्रस्तुती दिनेछन् ।

कार्यक्रममा प्रकाश, हेमन्त र किरणसंगै न्युयोर्कको चर्चित ब्याण्ड “द जोय ब्याण्ड” पेमा शेर्पा (Dancer),बृहती हमाल (Dancer ) ,महादेव त्रिपाठी (Performer) र अन्तिममा चर्चित डिजे ‘डिजे माइकल ’ले सांगितिक प्रस्तुति दिनेछन् भने कार्यक्रमको( Host)सागरिका श्रेष्ठले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया