काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।
उनलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन समेत पार्टीले निर्देशन दिने निर्णय लिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि घुस दिन दुई करोड मागेको अडियो सार्वजनिक भएको छ।
परियारले भने, ‘तत्काल निलम्बन गरेर २४ घन्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिइनेछ।’
केन्द्रीय अनुशासन समितिलाई सत्यतथ्य छानविन गर्ने एक हप्ताको समय दिएको छ। एक हप्ताभित्र समितिले बुझाउने प्रतिवेदनका आधारमा थप निर्णय गरिने परियारले जानकारी दिए।
प्रतिक्रिया