अमेरिकामा एक महिला क्षयरोगको उपचार गर्न अस्विकार गरे पछि पक्राउ पूर्जी जारी

इनेप्लिज २०७९ चैत २६ गते १:०२ मा प्रकाशित

अमेरिकाको वाशिंगटन राज्यकी एक महिलाले क्षयरोगको उपचार गर्न अस्विकार गरे पछि पक्राउ पूर्जी जारी गरिएको सिएनएनले जनाएको छ ।क्षयरोगबाट पीडित टकोमा पियर्स काउन्टीकी एक महिलाले उपचार गर्न अस्वीकार गरेपछि अदालतको अवहेलना गरेको अवस्थामा फेला परेकी छिन ।

एक वर्षभन्दा बढी समयदेखि क्षयरोगको उपचार गर्न अस्वीकार गरेकी वासिङ्टन राज्यकी एक महिला शुक्रबार अदालतको अवहेलना मुद्दामा फेला परेकी छन् । “प्रहरीहरुसँग नागरिक गिरफ्तारी पक्राउ पुर्जी छ जसले अझै उपचार गर्न अस्वीकार गर्ने बिरामीलाई हिरासतमा राख्न अधिकार दिन्छ,” टकोमा-पियर्स काउन्टी स्वास्थ्य विभागले एक बिज्ञप्ति मार्फत उक्त कुरा शुक्रबार जानकारी गराएको छ ।

पियर्स काउन्टी उच्च अदालतका न्यायाधीश फिलिप सोरेन्सनले अवहेलनाको आदेश र अनैच्छिक नजरबन्द, परीक्षण र उपचारको आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी उपचार तथा रोकथाम केन्द्रका अनुसार क्षयरोग हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ भने यदि राम्रोसँग उपचार गरिएन भने क्षयरोग घातक हुन सक्छ ।

ती महिलालाई पियर्स काउन्टी कारागारमा जबसम्म उनी सार्वजनिक स्वास्थ्यको लागि खतरा नभएसम्म अदालतका कागजातहरू अनुसार ४५ दिनसम्म परीक्षण र उपचारको लागि राखिने जनाएको छ ।

प्रतिक्रिया