अमेरिकाको फ्लोरिडाका ३ किशोर/किशोरीहरुको हत्यामा २ पक्राउ, तेस्रो संदिग्ध अझै फरार

इनेप्लिज २०७९ चैत २५ गते १:५३ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा तीन किशोर/किशोरीहरुको हत्याको सम्बन्धमा दुई किशोर हिरासतमा लिइएको प्रहरी कार्यालयले शुक्रबार बताएको छ । तेस्रो संदिग्ध एक किशोर पनि अझै फरार रहेका छन् ।

पहिलो पीडित १६ वर्षीया लैला सिल्वरनेललाई गत मार्च ३० मा सडकको छेउमा गोली हानिएको अवस्थामा फेला पारिएको मेरियन काउन्टी शेरिफ बिली वुड्सले भने।

अर्को दिन करिब आधा माइल टाढा एक १७ वर्षीय किशोरलाई सडकको छेउमा मृत अवस्थामा फेला पारिएको थियो जसलाई पनि गोली हानी मारिएको थियो, शेरिफले भने।

त्यसको एक दिन पछि एक सवारी साधन (कार)आंशिक रूपमा पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो जहाँ एक किशोरीलाई फेला पारिएको थियो।

प्रहरीका अनुसार तेस्रो पीडित १६ वर्षीया किशोरी गाडीको पछाडी भागको सामान राख्ने (ट्रङ्क) भित्र बन्दुकको गोली लागेको अवस्थामा फेला परेको थियो।

तीन पीडितहरू सबै गिरोहसँग सम्बन्धित थिए र सबै चोरी र डकैतीमा संलग्न थिए, वुड्सले शुक्रबार पत्रकार सम्मेलनमा भने।

तीन पीडित र तीन संदिग्धहरू सबै सवारी साधनमा थिए, र संदिग्धहरूले त्यसपछि तिनीहरूलाई हत्या गरेका थिए ।

संदिग्धहरू दृश्यहरूबाट भागे, तर तिनीहरूको पछि धेरै प्रमाणहरू छोडे,वुड्सले भने। हिरासतमा रहेका दुई किशोरहरूलाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ।

अन्य दुई घाइतेको परिचय खुलाइएको छैन ।

एबिसी सामाचार

प्रतिक्रिया