काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।
विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । नेपाली सेनाको पत्रपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीका अनुसार ढकालले नेपाली सेनाको साइबर स्पेसमा अनधिृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए ।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया