‘सिर्जनशील र उदयमान पत्रकारिता पुरस्कार’ निरौला र सरदारलाई

इनेप्लिज २०७९ चैत २३ गते २१:३३ मा प्रकाशित

विराटनगर,२३ चैत । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशील र उद्यमान पत्रकारिता पुरस्कार बिक्रम निरौला र उषा सरदारलाई प्रदान गर्ने आज यहाँ निर्णय गरेको छ।

पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रहलाद शाहको अध्यक्षतामा आज बसेको बैठकले उक्त्त निर्णय गरेको हो ।

सिर्जनशील पत्रकारिताबाट पुरस्कृत हुने निरौला बिविसी नेपाली सेवा मोरङमा र उदयमान पुरस्कारबाट सम्मानित हुने सरदार स्थानीय मकालु टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

सिर्जनशिलको पुरस्कारको राशी नगद रु ५१ हजार १५१ र उद्यमानको रु ३१ हजार १५१ र प्रमाणपत्र रहेको छ ।

कोषले यही चैत २७ गते एक समाराहवीच उक्त्त पुरस्कार प्रदान गरिने जानकारी अध्यक्ष साहले जानकारी दिनु भयो ।

कोषले सिर्जनशील पत्रकारिता पुरस्कार प्रत्येक दुई वर्ष र उद्यमान पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ।

प्रतिक्रिया