प्राय सबै “जनरा” को सिनेमा मा “फिट” अजय देबगन बिशेष गरेर एक्सन सिनेमा प्रेमी हरु बीच चर्चित छन्। बिहिबार (३० मार्च) रिलिज “भोला” यस्तै एक्सन सिनेमा हो जसमा देबगन नायक को साथै निर्देशक पनि हुन्। तामिल भाषा को सुपर हिट सिनेमा “केथी” को रिमेक यो सिनेमा मा पनि देबगन ले आफुलाई एक्सन नायक को साथै कुशल निर्देशक पनि प्रमाणित गरेका छन्।
सिनेमा को कथा अनुसार ए सी पी डायना जोसेफ (तब्बु) ले आफ्नो ज्यान को बाजी लगाएर लागु पदार्थ (कोकिन) ले भरिएको ट्रक लाई आफ्नो कब्जा मा लिन्छिन र प्रहरी चौकी को गुप्त स्थान मा लुकाउँछिन। करिब एक हजार करोड को त्यो लागु पदार्थ राखेको स्थान गोप्य राख्नु पर्ने कुरामा उनका हाकिम (किरण कुमार) पनि सहमत छन्। त्यसै प्रहरी चौकी मा लागु पदार्थ का तस्करको नाइके (दिपक डोबरियाल) को जासुस भ्रष्ट प्रहरी (गजराज राब) पनि छ जसले सबै सुचना तस्कर कँहा पुर्याउँछ।तस्कर को क्रुर भाइ (बिनित कुमार) ले त्यो भ्रष्ट प्रहरी सँग मिलेर डायना जोसेफ लाई एउटा घटना मा फसाउने काम गर्छ, जो उनले गरेकी होइनन।आफु माथी भएको षड्यन्त्र ले डराएर डायना जोसेफ ले त्यो लागु पदार्थ को सुरक्षा को लागि भोला (अजय देबगन) सँग सहयोग माग्छिन, जो हालै जेल बाट निस्केका हुन्। भोला लाई जेल मा हुँदै आफ्नो एउटा छोरी लखनउ मा रहेको जानकारी छ र उ आफ्नो छोरी सँग छिटो भन्दा छिटो भेट्न चाहन्छ। त्यो लागु पदार्थ को सुरक्षा प्रहरी चौकी को नयाँ इनिस्पेक्टर (सन्जय मिश्रा) र उनका तिन साथीको जिम्मेवारी मा आउँछ। के भोला डायना को मद्दत गर्छन कि छोरी लाई भेट्न जान्छन? तस्कर ले आफ्नो जासुस को सहयोग बाट त्यो लागु पदार्थ फुत्काउन सफल हुन्छ? यस्ता खुल्दुली मेट्न भने सिनेमा नै हेर्नु पर्छ।
अजय देबगन, तब्बु, दिपक डोबरियाल, बिनित कुमार र सन्जय मिश्रा को अभिनय उत्कृष्ट छ र उनीहरुले आफ्नो भूमिका मा न्याय गरेका छन्भो।ला को पत्नी को सानो भूमिका मा अमला पाल ले अथिति भूमिका गरेकी छिन, जो सामान्य छ। अन्य कलाकार हरुको अभिनय पनि सामान्य नै छ।
निर्देशक को रुपमा देबगन ले मुटु हल्लाउने एक्सन सिनेमा को निर्माण गरेर आफ्ना दर्शक हरुलाई मनोरन्जन दिएका छन। सात मिनेटको एउटा गाडी को “चेजिङ्ग सिन” छ, जो निकै डरलाग्दो छ, जसको श्रेय द्वन्द निर्देशक द्वय रमजान बुलुत र आर पी यादब लाई जान्छ। असिम बजाज को छायाँकन, रबि बसरुर को सङ्गीत उत्कृष्ट छ/ बनारस को गङ्गा आरती को ड्रोन ले खिचेको दृश उत्कृष्ट छ।
एक्सन सिनेमा प्रेमी र अजय देबगन का प्र्संसक हरुले यो सिनेमा बाट पूर्ण मनोरन्जन पाउने कुरामा दुइ मत छैन।
@twitter#naviinr
–नवीन रायमाझी
पत्रकार तथा लेखक
प्रतिक्रिया