खेलकूद राष्ट्रको पहिचान स्थापना गराउने महत्वपूर्ण माध्यम हो–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ चैत २२ गते १८:१४ मा प्रकाशित

विराटनगर,२२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकूदको माध्यमवाट प्रदेश र राष्ट्रको पहिचान स्थापना गराउने महत्वपूर्ण माध्यम भएको बताउनु भयो ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश खेलकुद विकास वोर्डद्वारा आज यहाँ आयोजित विभिन्न विधाका खेलाडी सम्मान कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै उहाँले सरकार यस क्षेत्रमा खेलकूदको विकासका लागि भौतिक संरचना,खेलकूद प्रतियोगिता एवं प्रशिक्षक एवं प्रशिक्षणको व्यवस्थाका लागि प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले खेलकूदलाई राजनीतिबाट मुक्त्त राख्नु पर्नेपर्छ भन्दै यसलाई राजनीतिक आस्थाका आधारमा होइन सम्वैधानिक, कानूनी, विधि प्रकिया अनुसार सरकारले कार्य गर्ने प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री कार्कीले खेलकूद बोर्ड र खेलाडीले राजनीति नगरेमा खेलकुदको विकासमा थप एउटा इट्टा थपिने विचार राख्दै खेलुकदलाई प्रदेशमा वलियो रुपमा विकास गर्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय खेलुकद प्रतियोगिता आगाडि प्रत्येक दुई बर्षमा प्रदेशस्तरीय खेलकूदको आयोजना गर्ने जानकारी दिदै यसको लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले नेपालले क्रिकेटमा विश्वस्तरमा प्राप्त सफलतालाई ध्यानमा राखी विराटनगर नजिक रहेको बैजनाथपुरमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला आगामी तीन बर्षभित्र निर्माण सम्पन्न गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

सामाजिक विकास मन्त्री एवं प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष बुद्धिकुमार राजभण्डारीले आगामी बर्ष खेलकुदको वजेट वृद्धि गर्ने बताउदै खेलाडीले इमान्दारी, लगनीशल र अनुसाशित भै प्रदेश र राष्ट्रका लागि खेल्न आग्रह गर्नु भयो ।

वोर्डका सदस्य सचिव हंशराज बाग्ले र सम्मानित खेलाडी संजय राईले खेलकुदको महत्व बुझेको नेतृत्वमा रहेकोमा खेलाडीहरुले सम्मान प्राप्त गर्न सकेको धारणा राख्नु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश कँडेल ललित राजवंशी लगायत १० जना खेलाडीहरुलाई रु पाँच हजार देखि रु एक लाख एक हजार १११ एवं सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया