गिरिजाप्रसाद कोइराला स्मृति हक्की प्रतियोगिता –आर्मी विजयी

इनेप्लिज २०७९ चैत २२ गते १८:०१ मा प्रकाशित

विराटनगर,२२ चैत । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल आर्मी विजयी भएको छ।

नेपाल हक्की सङ्घद्वारा विराटनगरको शहिद रङ्गशालाको आज भएको खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोलको अन्तरले पराजित गरेको छ।

खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भएका छन् ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा दुई विभागीय सहित सात वटा टोलीको सहभागिता रहेको छ ।

नेपाल आर्मी, नेपाल पुलिस ,कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार प्राप्त गर्ने छप्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल कोसी प्रदेश र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया