ट्रम्पले आत्मसमर्पण गर्ने र न्युयोर्कमा आरोपको सामना गर्न अदालतमा उपस्थित हुने,ट्रम्पको अभियोगहरु अदालतमा ठूलो स्वरमा पढिने

इनेप्लिज २०७९ चैत २१ गते १३:३१ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अधिकारीहरू समक्ष आत्मसमर्पण गर्ने र आपराधिक आरोपहरूको सामना गर्न पहिलो पटक अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

यो ऐतिहासिक पहिलो कदम हो भने हो जहाँ कडा सुरक्षा उपायहरू अपनाईएका छन् । र उनका समर्थकहरूले योजनाबद्ध विरोध प्रदर्शन गरेका छन् ।

उनले सन् २०१६ मा वयस्क चलचित्रकी कलाकार स्टोर्मी डेनियल्सलाई चुनाव अगाडी एक कथित सम्बन्धको बारेमा उनले चुप लगाउन १ लाख ३० हजार डलर दिएको अभियोगमा उनलाई अन्य ३० वटा जति अभियोग लगाईएको छ ।

ट्रम्पले सो कुरा अस्वीकार गरेका थिए।

ट्रम्प गतक सोमबार फ्लोरिडास्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनले आत्मसमर्पण र अदालतमा उपस्थित हुनुअघि म्यानह्याटनको ट्रम्प टावरमा रात बिताएका थिए। उनी अपराधको अभियोग लाग्ने पहिलो पूर्वराष्ट्रपति हुन्।

उनले म्यानह्याटन आपराधिक अदालतमा प्रक्रियाको लागि आफैंलाई प्रहरीमा बुझाउने अपेक्षा गरिएको छ, जहाँ उनीमाथि मुद्दा लगाइनेछ र हिरासतमा लिइनेछ। त्यसपछि दिउँसो २:१५ बजे तोकिएको सुनुवाइमा उनी न्यायाधीशको अगाडि उपस्थित हुनेछन्।

अभियोगमा समावेश गरिएका आरोपहरू ट्रम्पको अभियोगहरु अदालतमा ठूलो स्वरमा पढिनेछ, जसमा अभियोग खोलिनेछ। अदालतमा कुनै पनि बिधुतिय उपकरणलाई अनुमति दिइने छैन भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

पूर्व राष्ट्रपति त्यसपछि रिहा हुने र फ्लोरिडा फर्किने अपेक्षा गरिएको छ, जहाँ उनले मंगलबार साँझ टिप्पणी दिने बताएका छन्।

उनले सबै गलत कामलाई अस्वीकार गरेका छन् र म्यानह्याटनका जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागको कार्यालयले गरेको अनुसन्धानलाई “विच हन्ट” भनेर निन्दा गरेका छन्।

विच हन्ट : खतरनाक वा दुष्ट मानिएको विचार भएको आरोप लागेका व्यक्तिहरूलाई अनुचित रूपमा खोज्ने र सजाय दिने कार्य।

प्रतिक्रिया