माओवादी सचिवलाई धमलाको प्रश्न– ‘उपनिर्वाचनमा के कारणले उम्मेदवारविहिन हुनुभयो ?’(भिडियोसहित)

इनेप्लिज २०७९ चैत २१ गते १०:५५ मा प्रकाशित

काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले सरकारमा रहेका दलहरुबीटच सहकार्य र समझदारी विकास गर्न आफूहरुले तीनवटै निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार नउठाएको बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी उपनिर्वाचनमा माओवादीले तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन् । साथै, तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेको गठबन्धन दलको उम्मेदवारको जित निश्चित रहेको पनि उनको दाबी छ ।

‘माओवादी उपनिर्वाचनमा के कारणले उम्मेदवारविहिन भयो ?’ भन्ने धमलाको प्रश्नमा उनले भने– ‘अहिले हामी सठबन्धनमा छ । सरकार पनि गठबन्धनबाटै सञ्चालन भइरहेको छ । निर्वाचनमा पनि गठबन्धन गरेका दलहरु हुन् । त्यसकारणले अहिले निर्वाचनमा गठबन्धन गरेका दलहरुका बीचमा अहिलेलाई सहकार्य र समझदारी विकास गर्ने सन्दर्भमा हामीले तीन वटै निर्वाचन क्षेत्रमा अरु राजनितिक दललाई समर्थन गर्ने निर्णय पार्टीले गरेको छ ।’

प्रतिक्रिया