नेपाली मूलका सफ्टवयर इंजिनियर क्रिस्टिना र बिनमको “प्रकास परियोजना”  “ल्युमियरः आर्ट अफ लाइट”मा छनौट

इनेप्लिज २०७९ चैत २० गते २१:२६ मा प्रकाशित

टोरोन्टो, नेपाली मूलका युवा सफ्टवयर इंजिनियर क्रिस्टिना कायस्थ र बिनम कायस्थको प्रकास कला परियोजना ” ब्ल्यु प्रोमोनाडे” ओन्टारियो प्लेसको “ल्युमियरः आर्ट अफ लाइफ”मा छनौट भएको छ । उनीहरुको उक्त प्रकाश पराबर्तन सम्बन्धि परियोजना क्यानडाका ६० प्रतियोगिहरू मध्य १६ वटामा छनौट भएको हो। उक्त प्रकाश पराबर्तन कला “ब्ल्यु प्रोमोनाडे” टोरोन्टोको त्रिलियम पार्कमा गत मार्च १० देखि दैनिक साँझ ६ बजे देखि ११ बजे सम्म सर्बसाधारणको लागि खुल्ला प्रदर्शन भैरहेको छ भने मे ७ तारिख पछि बन्द हुनेछ ।

“ब्ल्यु प्रोमोनाडे” प्रकाशहरुको स्तम्भ हो जसको अगाडी उभिएपछि यस भित्र जडित माइक्रो प्रोसेसर र सेन्सरहरुले चराचुरुंगी, जनावर तथा अन्य ध्वनीहरुको साथ रंगीन प्रकाशहरु तलदेखि माथी सम्म परिबर्तन हुदै जान्छ।

“ब्ल्यु प्रोमोनाडे” एक अन्तरक्रियात्मक प्रकाश कला प्रदर्शनी हो जुन हिँउद पछि बसन्तमा हुने बनस्पतिको पुनर्जिबन को प्रतिकको रुपमा लिइएको छ । सो कार्यक्रममा प्रकास स्तम्भहरुलाई फूलको पदमार्ग जस्तै देखाइएको हुन्छ। जब त्यहाँ कुनै पैदल यात्रीको आवत जावत हुदैन , सेतो र नीलो रंगहरुको प्रकाश पराबर्तन हुन्छ जुन हिँउको प्रतिकको रुपमा प्रतिबिम्बित हुन्छ भने यात्रुहरु नजिक बाट हिडने बेलामा सो प्रकाश स्तम्भहरु माथी देखि तलसम्म रंगीन कलेबरमा प्रकाशहरु छर्दै त्यसमा प्रकृतिको धून जीबन्त भएको देखिन्छ, जुन बसन्त र बनस्पतिको पुनर्जीबनको तथा नबिकरणको प्रतिक हो। जब यात्रुहरु बीचमा रोकिन्छन तब गुलाबको बासना जस्तो सुबास फैलिएको महसुस हुन्छ ।

“ब्ल्यु प्रोमोनाडे” ले हामी सबै पर्याबरणिय प्रणालीको एउटा अंग हो र हाम्रा सुक्ष्म क्रियाकलापहरुले पर्याबरणिय प्रणालीमा सोहि अनुसारको प्रत्यासित अप्रत्यासित परिणामहरु ल्याउन सक्छ भन्ने स्मरण गराउन्छ। “ब्ल्यु प्रोमोनाडे”ले साधारण हिँडाइको कार्यले यात्रुहरुले पनि पर्याबरण संरक्षणमा सक्रिय भूमिका खेलोस भन्ने शुभकामना पनि ब्यक्त गर्दछ ।

सफ्टवयर इंजिनियरको रुपमा कार्यरत क्रिस्टिना र बिनम कायस्थ दिदी भाई हुन जसले नबिन प्रबिधिहरुको ज्ञानको माध्यमबाट अन्तरक्रियात्मक कला सम्बन्धमा बिशेषता प्राप्त गरेका छन। बिद्युतिय ज्ञानको अन्तरलाई कम्प्युटर इंजिनियरिंगको माध्यमबाट सेतुको रुपमा काम गर्ने उद्देश्यले प्रेरित सो दिदी भाईको समूहले सन २०१५ मा बोस्टन, अमेरिकामा भएको “मेक टु मूभ” प्रदर्शनीमा पहिलो पटक भाग लिएका थिए भने “ए टी एण्ड टी इन्टर्नेट थींग्स हाकाथोन”मा उहाँहरुको प्रस्तुति ” वन बायण्ड आर्म”ले प्रथम स्थान हासिल गर्न सफल भएका थिए। त्यस्तै गरि ” माइक्रोसफ्ट होलोहायक्स”मा प्रस्तुत गरिएको दृष्टीबिहिनहरुको लागि उपयोगि एप्स “होलोसेन्स”ले सर्बश्रेष्ठ स्थान प्राप्त गरेका थिए भने अपांगहरुको लागि उपयोगि हुने भि आर एप्स “म्यो ड्र”ले पनि प्रथम स्थान प्राप्त गरेको थियो।। यी अनुभब र सफलताहरुबाट उत्साहित भएर सो दिदी भाईको समुहले सन २०१९मा “बीटब्रेन्ज” नामक संस्था स्थापना गरेका छन । हामीले उपयोग गरिरहेका उपकरणहरु र बिदुतिय पर्याबरणिय प्रणाली संग कसरी अन्तरकृया गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर यस संस्थाले ज्ञान संचार गर्ने उहाँहरुको प्रयास हुने छ ।

प्रतिक्रिया