काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गरेका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने बताए ।
एमाले पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको बताए । को को मन्त्री हुन् कस्ता मन्त्री हुन् ? उनले भने भवितव्यमा दुई वटा सिट आयो जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न योग्यता पुग्छ ।
मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताए ।
प्रतिक्रिया