नेजस अमेरिकाद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन 

इनेप्लिज २०७९ चैत २० गते २:२१ मा प्रकाशित

न्यूयोर्क – आज अप्रिल २ तारिख आईतवारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि, श्री अर्जन जंग बहादुर सिंहको प्रमुख आथित्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव एवम नेपालीकांग्रेसका महाधिवेशन प्रतिनिधि, टेक्सास समाजका पुर्व अध्यक्ष एनआरएनका अभियन्ता स्व. कृष्ण लामिछानेको १३ औं पुण्यतिथिकोअवसरमा एक श्रद्धाञ्जली सभाको कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरू, पत्रकार मित्रहरू, बुद्धीजीवी, एवम कलाकार साथिहरू लगायत न्यूयोर्कवासी आम नेपाली जनसमुदाय सहभागि भएर स्व. कृष्णलामिछानेजी प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । समाजसेवी स्व. कृष्णलामिछानेको आत्माको चीर शान्तिको कामना गर्दै, शोक मन्तव्य राख्नेहरूमा , नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष एवम नेकाका पुर्व महासमिति सदस्य अमिर जोशी, न्यूजर्सी गभर्नरका कमिस्नर एवम सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार, प्रवासी एकता समाजका अन्तराष्ट्रिय बिभागका सचिवसिता खरेल, एनआरएनका केन्द्रीय सदस्य एवम मेम्बरसिब ड्राइभ सिमितिका सह-संयोजक दुर्गेश जंग कार्की, शेर्पा समाज अमेरिकाकाअध्यक्ष एपी शेर्पा, फिप्नाका कोषाध्यक्ष एवम तामाङ सोसाईटी अमेरिकाका उपाध्यक्ष तुल बहादूर तामाङ, नेपाली जनसम्पर्क समितिन्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, एनआएएन न्यूयोर्क च्याप्टरका सचिव बासु लामिछाने, गोर्खा समाज अमेरिकाका पुर्णअध्यक्ष अन्जान श्रेष्ठ, स्याङजा समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष दिन दयाल भण्डारी, नेका सुनसरी जिल्लाका पुर्व महाधिवेशनप्रतिनिधि शिव पागो, पत्रकार प्रदिप परियार थापा, नेकाका पुराना नेतृ शारदा क्षेत्री, तगायत थिए । उपस्थित हुने महत्वपुर्णव्यक्तित्वहरूमा , पत्रकार सुनिता शर्मा कोइराला, बिष्णसिंह बैजु, नेबिसंघका नेता सुजन खनाल , एनआरएनका केन्द्रीय सदस्य प्रभातसापकोटा , स्याङजा समाज अमेरिकाका पुर्व अध्यक्ष बिरेद्र जंग कार्की, नेपाल तरूण दलका नेता रामकृष्ण महर्जन, सहिद पुत्रि बृन्द्धाराई , एनआरएनका अभियन्ता शिव वानिया , नेपाली जनसम्पर्कका सकृय सदस्य सुवास केसी, हरिस चन्द्र हमाल, पुनम रानामगर, उमेशथापा, नेकाका पुराना नेता इन्द्र तामाङ, ताप्लेजङका नेकाका युवा नेता टासी शेर्पा र नेका सुनसरीका महाधिवेशन प्रतिनिधि हिकमतलिम्बु, लगायतको बाक्लो उपस्थिती थियो ।

न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न भएको उक्त श्रद्धाञ्जली सभाको कार्यक्रमको अध्यक्षता

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले गरेका थिए भने संचालन महासचिव मुनिन्द्र नेम्बाङ गरेका थिए ।

प्रतिक्रिया