काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्। कांग्रेसको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
नेविसंघ का सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो। पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पार्टी कार्यालय छिर्ने गेटबाट छिर्ने सबैलाई चेकजाँच गर्न थालिएको छ ।
प्रतिक्रिया