ट्रम्पले आपराधिक आरोपको सामना गर्नु पर्ने ,अभियोगका ३० वटा गणनाहरु

इनेप्लिज २०७९ चैत १९ गते १०:४४ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधको सामना गर्नु पर्ने भएको एक स्रोतले शनिबार सिबीएस न्यूजलाई बताए भनि समाचारमा उल्लेख गरेको छ । यस विषयमा परिचित एक व्यक्तिले सिबीएस न्यूजलाई दिएको जानकारी अनुसार ट्रम्पलाई प्रथम श्रेणीको व्यापारिक अभिलेख (रेकर्ड )झूटो बनाउने आरोप लगाइएको छ ।

यो न्यूयोर्क राज्यमा एक अपराध हो। यो आरोप २०१६ मा वयस्क चलचित्रकी कलाकार स्टर्मी डेनियललाई ट्रम्पसँगको सम्बन्धमा उनलाई चुप लगाउन भुक्तान गरिएको पैसाको कारण यो मुद्धा आएको हो। न्यु योर्कको बृहत निर्णायक मण्डल ( ग्रान्ड जूरी) ले उनलाई अभियोग लगाएको छ । तथापी आरोपको विवरण सार्वजनिक गरिएको छैन।

ट्रम्प अमेरिकी इतिहासमा आपराधिक आरोपको सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन्।

पूर्व राष्ट्रपतिलाई गत मंगलबार न्यायाधीश जुआन मर्चनसामु उपस्थित गराउने अपेक्षा गरिएको यस विषयमा परिचित दुई स्रोतले सीबीएस न्यूजलाई बताए। त्यसबेला उनलाई अभियोग पढेर सुनाइनेछ ।

अभियोगमा लगभग ३० वटा गणनाहरू रहेको दुई स्रोतहरूले शुक्रबार सिबीएस न्यूजलाई पुष्टि गरे।

आफ्नो अभियोगको समाचारलाई प्रतिक्रिया दिँदै एक वक्तब्यमा पूर्व राष्ट्रपति ट्रम्पले यसलाई इतिहासको उच्चतम स्तरमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप” भनेका छन् ।

ट्रम्पका दुई वकिलहरू क्रमस जोसेफ टाकोपिना र सुसान नेचेलेसले एक विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपतिले “कुनै अपराध नगरेको” र “अदालतमा यो राजनीतिक अभियोगलाई कडाइका साथ लड्ने” वाचा गरेका छन् ।

प्रतिक्रिया