लोकतन्त्रमा जनताको मत व्यक्त्त गर्ने अधिकार अनुरुप कोशी प्रदेशको विरोध भएको–मन्त्री राई

इनेप्लिज २०७९ चैत १९ गते १०:४१ मा प्रकाशित

विराटनगर,१९ चैत । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषदका अध्यक्ष एवं शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त्त गर्ने अधिकार अनुरुप विरोध गरेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग छोटो कुराकानीमा उहाँले जनतले माग एवं अधिकारका प्राप्त गर्नका निम्ति शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु पर्ने विचार राख्नु भयो ।

मन्त्री राईले भन्नु भयो ‘लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिडन् पर्छ भन्ने हुँदैन’ भन्दै जनताको त्यसप्रति आफ्नो असहमती जनाउन पाइने बताउनु भयो ।

उहाँले कोशी प्रदेश नामाकारणका सम्बन्धनमा असन्तुष्ट पक्षवीच वार्ताद्वारा समाधान हुने विश्वास व्यक्त्त गर्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारले समेत बार्ताको माध्यमबाट समाधान निकाल्ने भनेका जानकारी दिनु भयो ।

एक प्रश्नको जवाफमा उहाँले भन्नु भयो– ‘गठबन्धन भनेको बन्धन होइन भन्दै गठबन्धनभित्रका अन्य दलले बारा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार उठाउन पाउनु लोकतन्त्रमा प्राप्त अधिकार हो ’ ।

उहाँले मुलुक र सरकार सञ्चालन गर्ने सम्वन्धमा गठबन्धन दलबीच सहकार्य रहेको बाँकी अन्य कुरामा प्रतिस्पर्धा रहेको छ बताउनु भयो ।

मन्त्री राईले भन्नु भयो ‘ कोशी प्रदेशको अलग्ग अस्तित्व भएको सरकार रहेको हुँदा यो केन्द्रको मतहतको निकाय नभएकोले यसको आफ्नो किसिमको आवश्यक्त्ता अनुसार बर्तमान गठबन्धन सरकार यहाँ सञ्चालनमा रहेको विचार राख्नु भयो ।

प्रतिक्रिया