अध्यावधिक गरिएको : अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको घुम्रपात ( टोर्नाडो)का कारण कम्तीमा २१ जनाको मृत्यु

इनेप्लिज २०७९ चैत १९ गते ०:३६ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको घुम्रपात ( टोर्नाडो)का कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

विनाशकारी घुम्रपात ( टोर्नाडो)को कारण अमेरिकाको दक्षिण र मध्यपश्चिमीलाई शनिबार सम्म कम्तिमा २१ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । शनिबार दिउँसो खराव मौसमले लाखौं मानिसहरूलाई थप गम्भीर खतरामा पारेको छ ।

इलिनोइस राज्यमा संरचनाहरु भत्किँदा ज्यान गुमाउनेहरूको संख्या ४ पुगेको छ । क्रफोर्ड काउन्टीमा आवासीय संरचना भत्किँदा ३ जनाको मृत्यु भएको इलिनोइस आपतकालीन व्यवस्थापन सँस्थाका प्रवक्ता केभिन सुरले बताए । चौथो व्यक्ति बेल्भिडेरेको एपोलो नाटकघरको छत भत्किँदा मृत्यु भएको छ ।

कम्तिमा सात वटा राज्यहरूमा शुक्रबार ५० भन्दा बढी प्रारम्भिक घुम्रपात ( टोर्नाडो)आएको अभिलेख गरिएको छ । अर्कान्सासमा कम्तिमा पाँच व्यक्तिको ज्यान गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

इन्डियानापोलिसको दक्षिणपश्चिममा ९५ माइल टाढा रहेको शहर सुलिभान नजिकैको घर र स्वयंसेवी दमकल विभागलाई क्षति पुर्‍याएको छ भने गत शुक्रबार राति आएको इन्डियानामा तीन जनाको मृत्यु भएको छ।

म्याडिसन काउन्टी अलाबामामा एक व्यक्तिको मृत्यु र पाँच जना घाइते भएका छन ।

मिसिसिपीको पोन्टोटोक काउन्टीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको मिसिसिपी आपतकालीन व्यवस्थापनले जनाएको छ ।

टेनेसीको आपतकालीन व्यवस्थापन निर्देशकले एलेन स्ट्रिकल्याण्ड र म्याकनेरी काउन्टीमा ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया