रविको दाबी-हाम्रो पार्टी सबभन्दा ठूलो बन्छ : यो जनाउ घन्टी मात्र हो

इनेप्लिज २०७९ चैत १८ गते १८:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को चुनावपछि आफ्नो दल सबैभन्दा ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् ।

वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

लामिछानेले भने– स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू जोडिनु यो जनाउ घण्टी मात्र हो। उहाँहरू भन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ ।

यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ ।

सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनाव पछि आफूहरू तीनै जना जितेर घण्टी घरमा पत्रकार सम्मेलन गर्ने बताए ।

प्रतिक्रिया