वीरेन्द्र रावल
धनगढी चैत्र १७÷ नेकपा एमालेकी केन्द्रिय सदस्य कमला बोहरा शुक्रबार कैलालीको दुर्गम गाउँपालिका मोहन्याल १ को चोसेकाँडामा पुगिन ।
पूर्वपश्चिम राजमार्गको बौनियाँ देखि उत्तर चायाभावर र तल्लापानीबाट उकालो ४ घण्टा पैदल हिंडेर साथमा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य सूर्यबहादुर थापा र एमाले गाउँ कमिटीका अध्यक्ष भवानी देवकोटा सहितको टोली चासेकाँडा पुगेर पार्टीले सञ्चालन गरेको मिशन गसरुट कार्यक्रममा सहभागि भए ।
नेकपा एमालेकी केन्द्रिय सदस्इ एवं कैलालीको मोहन्याल,लम्की चुहा र बर्दगोरिया गाउँ कमिटीमा पार्टीको केन्द्रिय प्रतिनीधिका रुपमा सहभागि भएकी कमला बोहरा र सुदूरपशिचम प्रदेश कमटीका सदस्य सूर्यबहादुर थापाले वडानम्बर १ मा आयोजना गरिउको भेलामा पार्टी संगठनले सञ्चालन गरेको मिशन ग्रासरुट कार्यक्रमका बारेमा स्थानीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
जिल्लाकै अतिदुर्गम पहाडी गाउँपालिकाको पनि दुर्गम एक नम्बर वडामा स्थानीइ निकायको निर्वाचन पछि पहिलो राजनीतिक कार्यक्रम भएपछि स्थानीयले सो कार्यक्रममा चासो देखाएका छन् । सो अवसरमा पाटीृका नेताहरुले एमालेले सञ्चालन गरेको संगठन विस्तार र सुदृढीकरण कार्यक्रम मार्फत एमाले पार्टीलाई जनताका माझ स्थापित गर्नुपर्ने, पार्टी सदस्यता वृद्ध गर्नु पर्ने र संगठनलाई बलियो जनतामा स्थापित गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
यतिबेला नेकपा एमालेले देश व्यापी सञ्चालन गरेको (मिशन ग्रास रुट) कार्यक्रम जनस्तरमा तिब्ररुपमा अघि बढिरहेको छ ।
एमालेका केन्द्रले तोकेका केन्द्रिय प्रतिनीधि देखि लिएर प्रदेश ,जिल्ला अनि गाउ स्तरका नेता कार्यकर्ताहरु यतिखेर संगठनका गतिविधीहरुलाई मिशन ग्रास रुटका माध्यमबाट तिब्ररुपले अघि बढाई रहेका छन् ।
नेकपा एमालेले फागुन ५ गतेबाट सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हिउँदे गहुँ र तेलहन बाली भित्रयाउने बेला भैरहेका बेला नेकपा एमालेका नेता कार्यकर्ताहरु एमालेको पार्टी सुदृढिकरण र ससंगठन विस्तार कार्यक्रमलाई टोल टोल र घरदैलोमा तिब्रताका साथ पुगाईरहेका छन् ।
एमालेले सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रमलाई मोहन्यालमा थप विस्तार गर्नका लागि अँझै थप समयको आवश्यकता रहेको कुरा वडानम्बर १ का अध्यक्ष कमल बुढामगरले बताएका छन् । एमालेले प्रत्येक टोलमा टोल भेला र कमिटी गठन गर्नका लागि नेताहरु जनताका घरदैलोमा सहभागि हुनु पर्नेमा एमाले १ काईन्चार्ज नर बहादुर घर्तिले बताएका छन् ।
कैलालकिो तराइका गाउँपालिकाहरुमा पार्टी संगठन विस्तारमा सवारी साधनको प्रयाप्तताका कारण केहि हदसम्म सहज भएको भएतापनि कैलालीको मोहन्यालमा भने केहि कठिन रहेको स्थानीय नेता कार्यकर्ताहरुले बताएका छन् ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया