युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले युक्रेनको शहर बुचालाई स्वतन्त्र गरेको एक वर्षको बर्षगांठमा उनले ३७ जना बालबालिका सहित १४०० जनाको मृत्यु भएको उल्लेख गदै हामी कहिल्यै माफ गर्दैनौं ,उनले भने ।
उनले संचार माध्यम टेलीग्राममा बोल्दै बुचालाई ३३ दिन कब्जामा गरिएको र १७५ भन्दा बढी मानिसहरू सामूहिक चिहान र यातना कक्षहरूमा फेला परेका थिए, जेलेन्स्कीले टेलिग्राम पोस्टमा भने।
९,००० रूसी युद्ध अपराध र ३६५ दिन पछि यो फेरि एक पटक स्वतन्त्र युक्रेनी शहर भएको उनले बताए । कब्जा गर्ने देशको सेनाको अत्याचारको प्रतीक हो भन्दै हामी कहिल्यै माफ गर्दैनौं र हामी प्रत्येक अपराधीलाई सजाय दिनेछौं।” उनले भने ।
युक्रेनी अभियोजकले शुक्रबार छुट्टै वक्तब्यमा डरलाग्दो तथ्याङ्कहरू” भएको बताएका छन्। “त्यो पहिलो पटक थियो जब हामी सबैले शत्रुको अभूतपूर्व मात्रामा गरेको अत्याचारको प्रमाण देख्यौं,” उनले भने।
अभियोजकको कार्यालयले बुचामा युद्ध अपराध गरेको आशङ्कामा लगभग १०० रूसी सैन्य अधिकारीहरूलाई सूचित गरेको छ, ३५ विरुद्ध अभियोगहरू पहिले नै अदालतमा पठाइएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया