भीम रावललाई विष्णु पौडेलको आग्रह- नसच्चिए पार्टीले उचित निर्णय लिन्छ

इनेप्लिज २०७९ चैत १७ गते ११:१९ मा प्रकाशित

काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्व उप-प्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिन सक्ने चेतावनी दिएका छन्।

मिसन ग्रासरुट अभियानका क्रममा शुक्रबार धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भीम रावलले आत्मआलोचना सहित सच्चिनु पर्ने बताएका हुन्। 

उपाध्यक्ष पौडेलले नेता रावल पार्टीको अनुशासनमा बस्नु पर्नेमा एमाले पार्टी विरुद्ध लागेको आरोप लगाउँदै उनी नसिच्चए पार्टीले उचित निर्णय लिने बताए। पौडेलले भने भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन।

उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। उहाँले आफ्ना गल्ती स्वीकार गर्नुपर्छ। आत्मालोचना गर्नुपर्छ।

प्रतिक्रिया