धनगढी चैत्र १७÷ नेकपा एमालेले देश व्यापी सञ्चालन गरेको (मिशन ग्रास रुट) कार्यक्रम जनस्तरमा तिब्ररुपमा अघि बढिरहेको छ ।
एमालेका केन्द्रले तोकेका केन्द्रिय प्रतिनीधि देखि लिएर प्रदेश ,जिल्ला अनि गाउ स्तरका नेता कार्यकर्ताहरु यतिखेर स)गठनका गतिविधीहरुलाई मिशन ग्रास रुटका माध्यमबाट तिब्ररुपले अघि बढाई रहेका छन् ।
नेकपा एमालेले फागुन ५ गतेबाट सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हिउँदे गहुँ र तेलहन बाली भित्रयाउने बेला भैरहेका बेला नेकपा एमालेका नेता कार्यकर्ताहरु एमालेको पार्टी सुदृढिकरण र ससंगठन विस्तार कार्यक्रमलाई टोल टोल र घरदैलोमा तिब्रताका साथ पुगाईरहेका छन् ।
प्रतिकुल मौशमका बाबजुदपनि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रास रुट कार्यक्रम अन्तरगत कैलालीका विभिन्न गाउँपालिकाहरुमा मिसन ग्रास रुट कार्यक्रम सम्पन्न भएका छन ।
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बिष्णु पौडेलले निर्वाचनको समिक्षा, पार्टी सुदृढीकरण र विस्तार अभियानको माध्यमबाट जनतालाई उमालेमा संगठित गर्दै लैजान सके देश एमालेमय हुने धारणा व्यक्त गर्नु भएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरका ८८ वटै जिल्लामा मिशन ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला स्तरीय समिक्षा कार्यक्रममा सहभागि हुन आउनु भएका एमालेका केन्द्रिय उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री बिष्णु पौडेलले एमाले पार्टी भित्र देखा परेका सबैखाले अराजकताको अन्त्य नगरि एमाले पार्टी सृदृढ हुन नसक्ने भएकाले सर्वप्रथम पार्टी भित्रका नेता कार्यकर्ताहरुका बिचको अस्वस्थतालाई हटाउन जरुरी रहेको बताउनु भएको छ ।
एमाले सुदूरपश्चिम प्रदेशका ईन्चाज,ं केन्द्रिय सचिर्व ,पूर्व मन्त्री लेखराज भटट्ले पार्टीलाई जनताको असल पार्टीको रुपमा स्थापित गर्नका लागि एमालेका नेता कार्यकर्ताहरुमा साभाmा धारणा बनाएर अघि बढ्नु पर्ने बिचाखर व्यक्त गर्नु भएको छ ।
सो अवसरमा पार्टीका पोलिट व्यूरो सदस्य कर्ण थापा,पोलिट व्यूरो सदस्य लिला भण्डारी, निरु पाल,केन्द्रिय सदस्य झपट बहादुर रावल,लाल बहादुर थापा लगायतका नेता कार्यकर्ताहरुलेपनि संगठनलाइ जनताको विचमा लैजानका लागि सबै तह र तप्काका कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
एमाले सुदुरुपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले सुदूरपीश्चमका नौवटै जिल्लाका ८८ पालिकाहरुमा एमालेका नेता कार्यकर्ताहरु मिशन ग्रास रुट कार्यक्रम मार्फत संगठन विस्तारमा लागि परेका बताउनु भएको छ । प्रदेश कमिटीका अध्यक्ष भण्डारीले पार्टीलाई सैद्धान्तिक,राजनीतिकर वैचारिक रुपमा तिखारेर जनतामाझ लैजान सकेको खण्डमा एमालेको आगामी यात्रा सहज र सुखद हुने पनि बताउनु भएको छ ।
सुदूरपश्चिममा नेकपा एमालेले लेखराज भटट्, कर्ण थापा, गणेश ठगुन्ना,निरु पाल,नारदमुनीराना,लिला भण्डारी र केन्द्रिय सदस्यहरु झपट बहादुर रावल,गौरी वली,लाल बहादुर थापा,पठानसिंह बोहरा,प्रकाश शाह,कमला वली, सन्तोष थापा,भैरव बहादुर सिंह, अफिलाल ओखेडा, एन महर, सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत केपन्द्रय विभाग,प्रदेश कमिटी ,जिल्ला कमिटी,गाउँ कमिटी लगायतका क्षेत्रबाट उल्लेख्य मात्रामा मिशन ग्रास रुट कार्यक्रममा सहभागि गराएको बताइएको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया