ट्रम्पलाई अभियोग लगाए पछि सामाजिक संजाल मार्फत छोराहरूले दिए अभियोगको जवाफ

इनेप्लिज २०७९ चैत १७ गते ०:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको बृहत निर्णायक मण्डल (ग्रान्ड जुरी)ले ले अश्लिल चलचित्रकी कलाकारलाई १ लाख ३० हजार डलर सन् २०१६ चुनाव अगाडी दिएको अभियोगमा उनलाई अभियोग लगाईएको छ ।

यसरी अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोग लगाईएको यो पहिलो हो ।

ट्रम्पका दुवै छोराहरूले उनको अभियोगको जवाफ सामाजिक संजाल मार्फत दिएका छन् । डोनाल्ड ट्रम्पका दुई छोराले बिहीबार उनको अभियोगमा आफ्नो प्रतिक्रिया ट्वीट गरेका छन् ।

एरिक ट्रम्पले ट्वीट गर्दै अभियोग “तेस्रो विश्व अभियोजन दुर्व्यवहार हो।” भनेका छन् ।

डोनाल्ड ट्रम्प जूनियर(कनिष्ठ )ले ट्वीट गर्दै “भ्रष्ट सम्भ्रान्त वर्गहरू” हिंसात्मक अपराधहरूको वास्ता गर्दैनन् भनि आक्रोस पोखेका छन् ।

प्रतिक्रिया