अमेरिकी पत्रकारलाई ‘जासुसी’ गरेको आशंकामा रुसमा पक्राउ

इनेप्लिज २०७९ चैत १६ गते १०:४० मा प्रकाशित

अमेरिकाको वाल स्ट्रिट जर्नलका पत्रकारलाई ‘जासुसी’ गरेको आरोपमा पक्राउ गरिएको रुसी अधिकारीहरूले बताएका छन् ।

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई रुसमा जासुसीको आशंकामा पक्राउ गरेको छ ।

एफएसबीको वक्तब्यमा अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलको मस्को ब्यूरोका संवाददाता अमेरिकी नागरिक इभान गेर्शकोविच अमेरिकी हितमा जासुसीको आशंकामा अवैध गतिविधिहरूलाई सरकारले रोकेको छ भनि उल्लेख गरेको छ ।

रुसी सरकारी समाचार संस्था टासले उरल पर्वतको पूर्वी भागमा रहेको येकातेरिनबर्गमा हिरासतमा लिइएको बताएको छ।

एफएसबिको विज्ञप्ति अनुसार गेर्शकोविचलाई “रूसी सैन्य-औद्योगिक परिसरको एक उद्यमको गतिविधि” सम्बन्धी “गोप्य जानकारी प्राप्त गर्ने प्रयास गर्दा” पक्राउ गरिएको थियो।

गेर्शकोविच रूस, युक्रेन र पूर्व सोभियत संघलाई हेर्ने पत्रकार हुन् । उनले यसअघि समाचार एजेन्सी फ्रान्स-प्रेस, मस्को टाइम्स र न्यूयोर्क टाइम्सका लागि काम गरेका थिए भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया