गरिबको जिन्दगी अभावै…………….

गोबिन्द राज ओझा (राजन) २०७९ चैत १५ गते ११:२५ मा प्रकाशित

गरिबको जिन्दगी अभावै अभावमा हुन्छ
चप्पल नपाएर खालि खुट्टा हिँड्नुपर्ने हुन्छ
समस्याहरूको कमी नै कहाँ थियो र ?
गरिब भएर जन्मिनु मेरो के दोष छ र ?

बस्नलाई घर छैन आफ्नो भन्ने जमिन छैन
धनीहरूलाई भेट्न जाँदा भेट्ने समय पाएको छैन
दैवले के सोचेर धनी र गरिब बनायो उत्तर पाएको छैन
कति दिन भोको बसे आफैलाई थाहा छैन

दिन भरि काम गरेर पसिना बगाइन्छ
हुने त धनको महलमा बसे गरिबको झुपडी प्यारो छ
धनी र गरिबको खानाको मिठास बेग्लै भए नि भोक एउटै हुन्छ
धनीको कपडा महँगो होला गरिबको पसिनाले भिजेको हुन्छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया