भारतीय मूलकी रिपब्लिकन दलकी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीले ट्रम्पलाई रिपब्लिकन दलको २५ % मत भएको दाबि

इनेप्लिज २०७९ चैत १५ गते १०:४६ मा प्रकाशित

भारतीय मूलकी रिपब्लिकन दलकी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिपब्लिकन दलको २५ % मत भएको दाबि गरेकी छिन ।

न्यु ह्याम्पशायरको सलेममा भएको नगर सभा (टाउन हल )कार्यक्रममा बोल्दै हेलीले आफ्नो पूर्व हाकिमको रिपब्लिकन दलमा आधार (बेस)एक चौथाइ रहेको र केवल २५ % मात्र उनको रहेको बताइन ।

७५ % अन्य रिपब्लिकनहरू उनको बिकल्पको खोजीमा छन्, हेलीले एक मतदाताले ट्रम्पलाई कसरी हराउने योजना छ भनेर सोध्दा जवाफ दिइन्। उनले आफ्नो अभियानमा ठूलो जुलुस या भेला गर्ने योजना नभएको बताइन्।

हेलीले ट्रम्प प्रशासनमा संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूतको रूपमा काम गरेकी थिइन् । तर उनले २०१८ मा राजीनामा दिएकी थिइन् । त्यसअघि, उनले साउथ क्यारोलाईनाको गभर्नरको रूपमा छ वर्ष बिताएकी छिन । हेलीले टेनेसीको न्यासभिलको एक निजी विद्यालयमा सोमबारको सामूहिक गोलीबारीमा पनि टिप्पणी गरिन ।

प्रतिक्रिया