विराट गोल्ड कप–भारतको लुका सकर फाइनलमा

इनेप्लिज २०७९ चैत १५ गते १०:४९ मा प्रकाशित

विराटनगर,१५ चैत । सातौं संस्करणका विराट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा भारत केरलाको लुका सकर क्लब प्रवेश गरेको छ ।

विराटनगरस्थित शहिद रब्शालामा मंगबलार राति सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै भारत केरलाको लुका सकर फाइनलमा प्रवेश गरेको हो ।

भारतको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरी टिमलाई फाइनलमा पु¥याएका छन् ।

यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सबिन गुरूबले मात्र गोल गरेका थिए । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो ।

म्यान अफ द म्याच भारतका गोलकिपर महमद सरफिर घोषित भै रु ११ हजार प्राप्त गरेका छन् ।

जितपछि प्रतिक्रिया दिदै भारतका प्रशिक्षक न्याभसले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित्न हासिल गरेको र क्लवको यो पहिला अन्तर्राष्ट्रिय प्रतियोगिता भएको बताउनु भएको छ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले हार व्यवर्हनुपरेको विचार व्यक्त्त गर्नु भयो ।
गोल्ड कपको फाइनल यही चैत १६ बिहिवार भारत लुका सकर र घरेलु टिम विराटनगर सिटी (बिसिएफसी)बीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया