विराट गोल्ड कप –भारतीय र घरेलु टीमले आफु विजयी हुने दावी

इनेप्लिज २०७९ चैत १५ गते १०:३७ मा प्रकाशित

मोरङ,१५ चैत । सातौं संस्करणको ‘विराट गोल्ड कप’ फुटबलको फाइनलमा प्रवेश गरेका भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्ने बताएका छन् ।

विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित फाइनल प्रि म्याच पत्रकार सम्मेलनमा विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु दर्शक एवं खेलाडीहरुमा रहेको आत्मविश्वासका उपाधि जित्ने दावी गर्नु भयो ।

यसैगरी भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले अगाडी जसरी हाम्रो खेलाडी प्रदर्शन गरेको खेलको आधारमा फाइनलमा विजयी हुने बताउनु भयो ।

विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गर्नु भयो ।

केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख एवं आयोजक समितिका संयोजक नागेश कोइरालाले गोल्ड कपवाट प्राप्त आम्दानीले विराट गोल्ड ट्रष्टका लागि भवन निर्माण गर्ने जानकारी दिनु भयो ।

शहीद रंगशाला विराटनगरमा चैत १६ गते बिहीबार साँझ ६ः४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक उपाधि लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

गएको चैत ९ गतेदेखि गोल्ड कप रात्रिकालिन रुपमा सुरु भएको हो । गोल्डकपको बिजेताले रु २० लाख १५ हजार र उपबिजेता रु १० लाख १५ हजार प्राप्त गर्ने छन् ।

यसैगरी प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले गरी सबैलाई रु २५÷२५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

विसं २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूपमा नाम परिवर्तन भएको थियो ।

प्रतिक्रिया