संघीय न्यायाधीशद्वारा पूर्व उपराष्ट्रपति पेन्सले ट्रम्पको कुनै पनि गैरकानूनी कार्यको बारेमा निर्णायक मण्डलसमक्ष बयान दिनु पर्ने आदेश

इनेप्लिज २०७९ चैत १४ गते २२:४६ मा प्रकाशित

संघीय न्यायाधीशले जनवरी ६ ,२०२१ मा भएको संसद आक्रमणको बिषयलाई लिएर पूर्व उपराष्ट्रपति पेन्सले ट्रम्पको कुनै पनि गैरकानूनी कार्यको बारेमा निर्णायक मण्डलसमक्ष बयान दिनु पर्ने आदेश दिएका छन् ।

वाशिंगटनका एक संघीय न्यायाधीशले पूर्व उपराष्ट्रपति माइक पेन्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२० को राष्ट्रपति चुनावको नतिजालाई उल्टाउने प्रयासको बारेमा ग्रान्ड जूरी अर्थात् बृहत निर्णायक मण्डल अगाडि बयान दिनु पर्ने फैसला सुनाएका छन् ।

२०२० को चुनाव पछि राष्ट्रपतिको शक्ति हस्तान्तरण रोक्नको लागि न्याय विभागको अनुसन्धानको निरीक्षण गरिरहेका विशेष सल्लाहकार ज्याक स्मिथले गत फेब्रुअरीमा बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी)को अगाडि पेन्स साक्षीको लागि अदालतमा हाजिर हुन् आदेश जारी गरेका थिए ।

तर पूर्व उपराष्ट्रपतिले संविधानको “भाषण वा वहस” खण्ड अन्तर्गत अभियोजकहरूको सोधपुछबाट आफू सुरक्षित रहेको तर्क गर्दै उक्त मागको प्रतिरोध गर्ने वाचा गरेका थिए ।

ट्रम्पले कार्यकारी विशेषाधिकारको जोड दिँदै पेन्सको साक्षी रोक्न खोजेका थिए। स्मरण रहोस ,उक्त समयमा अमेरिकी संसद भित्र बिद्रोह र राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिबाट बन्चित गर्न पसेका हुलले उपराष्ट्रपत पेन्सले ट्रम्पको कुरा नमाने पछि फासी देऊ भनि नारा लगाएका थिए ।

वाशिंगटनको अमेरिकी जिल्ला अदालतका मुख्य न्यायाधीश जेम्स बोसबर्ग, जसले बृहत निर्णायक समिति( ग्रान्ड जूरी)को निरीक्षण गरिरहेका छन्, ट्रम्पको कार्यकारी विशेषाधिकारको दावीलाई अस्वीकार गरे भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

पेन्सले निर्णयको अपील गर्न सक्ने संचार माध्यमहरुले उल्लेख गरेका छन् । पूर्व उपराष्ट्रपति पेन्सले सर्वोच्च अदालतमा आफ्नो कानुनी लडाई लैजाने वाचा गरेका छन्।

प्रतिक्रिया