बायाँ हातको हत्केला नभएकी शान्ति श्रेष्ठ अर्थात शारीरिक अशक्त उनी पोखराको

इनेप्लिज २०७९ चैत १४ गते २२:१७ मा प्रकाशित

अमरसिंहचोकमा फलफुल बेचेर दैनिक गुजारा चलाउदै आएकी थिइन् । एक छोरी दुई छोरालाई फलफुल बेचेरै पाल्दै आएकी उनी चैत ६ गतेबाट सम्पर्क विहिन भइन् । उनको खोजतलासी गरिदिन भनि परिवारले प्रहरीलाई गुहार्यो । जिल्ला प्रहरी कार्यालय कास्कीमा नाम, हुलिया सहित निवेदन दिए । तर उनको त्यो निवेदन निवेदनमै सिमित भएको छ । उनी अब कहिल्यै फर्किएर आउने छैनिन् ।

आइतबार तनहुँको एक पानी ट्यांकीमा महिलाको शव भेटियो । स्थानीयहरुको घरको धारामा आउने पानीमा सिनोको गन्ध आउन थालेपछि पानीको ट्यांकीमा हेर्दा शव भेटिएको हो । कास्कीमा महिला हराएको कारणले उक्त शव तिनै महिलाको हुनसक्ने अनुमान प्रहरीको रह्यो । अन्ततः उक्त शव शान्तिकै रहेको परिवारले पहिचान गर्यो ।

घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको परिवार बताउछन् । उनकी भाउजु भन्छिन्, ‘यो आत्महत्या होइन हत्या हो ।’ ………. बाकीँ भिडियोमा

प्रतिक्रिया