विराटनगर,१४ चैत । कोशी प्रदेश नामकरणको विरोध पक्षधरले उग्ररुप लिएपछि प्रहरीले हाईफायर सहित आश्रु ग्यास छोडेको छ ।
विराटनगर रोडशेष चोक वरपर आज भेला भएका सो समूहले विरोध प्रर्दशन गर्ने क्रममा उग्ररुप लिएका थिए ।
स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाईफायर र १३ सेल आश्रु ग्यास छोडेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । घटनामा छ जना प्रहरी घाइते भएका छन् आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्त्ता दाहालले बताउनुभयो ।
सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चार तारे बिग होटेलको कफि हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारी सम्झाउँदा पनि अटेर गरेको सीमाभन्दा बाहिर जान थालेपछि पहिलो पटक पानीको फोहरा प्रयोग गरेको थियो ।
प्रदेश नं १ पुनः नामाङकन संयुक्त सघर्ष समितिद्वारा विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो ।
यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रम पनि प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया