अमेरिकाको टेनेसीको बिद्यालयमा ३ जना बालबालिका सहित ६ जनाको हत्या गर्ने सोही बिधालयकी विपरीतलिंगी पूर्व छात्रा

इनेप्लिज २०७९ चैत १४ गते ११:०५ मा प्रकाशित

अमेरिकाको टेनेसीको बिद्यालयमा ३ जना बालबालिका सहित ६ जनाको हत्या गर्ने सोही बिधालयकी पूर्व छात्रा भएको प्रहरीले पुष्टि गरेका छन् ।

गत मार्च २७ सोमबारका बिहान अमेरिकाको टेनेसी राज्यको न्यासभिलको एक निजी बिद्यालयमा भएको गोलीकाण्डमा ३ जना बालबालिका र ३ जना कर्मचारीको मृत्यु भएको थियो । गोली चलाउने बिधालयकी पूर्व छात्रालाई प्रहरीले गोली हानी मारेका थिए ।

गोली चलाउने महिला नेसभिलकी २८ वर्षीया स्वेत महिला भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार उनीसंग “कम्तीमा” २ आक्रमण राइफल र एक हाते बन्दुक गरि ३ वटा हतियार ल्याएकी थिइन् ।

उक्त काण्डमा तीनै जना ९ बर्षिय एभलिन डिकहस, ह्याली स्क्रग्स, र विलियम किन्नी, ६१ वर्षीया सिन्थिया पीक, ६० वर्षीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको मृत्यु भएको थियो भने तीनै वयस्क विद्यालयका कमर्चारी भएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

पूर्व बिधार्थी तथा बन्दुकधारी २८ वर्षीया अड्रे हेल भएको पुष्टि भएको छ । प्रहरी प्रमुखका अनुसार कभेनन्ट बिद्यालयको आक्रमणलाई सुनियोजित र योजनाबद्ध रूपमा गरिएको बतए ।

प्रहरीले हेललाई “महिला बन्दुकधारी ” भनेर उल्लेख गरेको छ र साँझको पत्रकार सम्मेलनमा हेल विपरीतलिंगी (ट्रान्सजेन्डर) भएको बताए। पत्रकार सम्मेलनमा हेललाई सामाजिक संजालमा उनले पुरुष नाम योग गरेको प्रहरीले बताए ।

प्रतिक्रिया