विराटनगर, १३ चैत(रासस): कोशी प्रदेश सरकारको २५ औँ मन्त्रिपरिषद् बैठक आज यहाँ सम्पत्र भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त्त निर्देशक पद अर्को व्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ ।
बैठकमा पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको दुईवटा संसोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने, प्रदेश नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरु लाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासी लाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय भएको छ ।
यसैगरी, कोशी प्रदेश नामकरणका सम्बन्धमा २०७९ चैत ५ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी भई चैत १० गते पदम लिम्बूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त्त गर्दै मृतक पदम लिम्बू प्रति हार्दिक श्रदाञ्जली एवं परिवार जनमा गहिरो दुःख एवं हार्दिक समवेदना प्रकट गर्दै तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया