वीरेन्द्र रावल
धनगढी,चैत्र १३÷ राष्ट्रिय सभाकी साँसद एवं नेकपा एमालेकी केन्द्रिय सदस्य ईन्दु कडरियाले मिसन ग्रास रुट कार्यक्रम मार्फत एमालेको संगठनलाई जनताको स्तर सम्म पुगाउँदै अगाडी बढाउन सकेको खण्डमा अवको पाँच बर्षमा एमाले देशको प्रमूख राजनीतिक शक्तिका रुपमा देखा पर्नबाट कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ ।
नेकपा एमाले कैलारी गाउँ कमिटीले सोमबार कैलारी ६ को बनकटटमा आयोजना गरेको गाउँ कमिटी स्तरीय समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सो कुरा बताउनु भएको हो ।
नेकपा एमालेले सञ्चालन गरेको गाउँ कमिटी स्तरीय मिशन ग्रास रुट अभियानकी केन्द्रिय प्रतिनीधि समेत रहनु भएकी कडरियाले भन्नुृ भयो— एमालेका नीति,कार्यक्रम र विचारलाई जनतामाझ मसिनो ढंगबाट पुगाउन नसकेका कारण एमालेले बहुमत प्राप्त गर्न सकेन । एमाले सरकारमा जान नसक्दा आज देशले समृद्धिको मार्ग कोर्न नसकेको पनि कडरियाले बताउनु भयो ।
उहाँले अव एमालले नेपाली जनताका बिद्यमान समस्यालाई मुद्धाका रुपमा ण्ठाउँदै जनताको पक्षमा काम गर्दै जानका लागि सबै स्थानीय तहका नेता कार्यकर्तालाई आवहान गर्दै मिसन गस रुट कार्यक्रमलाई गाउँस्तर सम्म तोकिएको अवधी सम्म पुरा गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।
सो अवसरमा एमालेका केन्द्रिय सल्हाकार परिषदका सदस्य डिल्लीराज भटटले सोचे अनुरुप मिशन ग्रास रुट कार्यक्रम अघि बढ्न नसकेको बताउदै मिशन ग्रास रुट कार्यक्रमलाई सान्दर्भिकतामा परिणत गर्नका लागि सबै नेता कार्यकर्ताले खटाइएका स्थानमा लागि पर्नु पर्ने बताउनु भयो ।
सो अवसरमा,नेकपा एमाले निर्वाचन आयोगका केन्द्रिय सदस्य रण बहादुर चन्द, एमालेका नेता,लोकतान्त्रिक थारु संघका केन्द्रिय उपाध्यक्ष होरिलाल चौधरी, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य डिल्लीराज खड्का, राजेश खाती ,एमाले कैलाली जिल्ला कमिटीका सदस्यहरु वीरेन्द्र रावल, मदनराज रेग्मी,कमलसिंह राना, गिता चौधरी,गोर बहादुर विक,तेजुरा चौधरी भक्तराज जोशी लागयतका व्यक्तिहरुले आ—आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वडानम्बर ९ का अध्यक्ष मनिराम चौधरीले र स्वागत मन्तव्य रामश्वरुप चौधरीले गर्नु भएको थियो । धने अध्यक्षता झमा चौधरीले गरेकी थिईन ।
प्रतिक्रिया