अध्यावधिक गरिएको : आज बिहान मार्च २७ सोमबारका दिन अमेरिकाको टेनेसी राज्यको न्यासभिलको एक निजी बिद्यालयमा भएको गोलीकाण्डमा ३ जना बालबालिका र ३ जना कर्मचारीको मृत्यु भएको छ ।
साथै गोली चलाउने महिलालाई प्रहरीले गोली हाने पछि उनको मृत्यु भएको छ । न्यासभिलको एक निजी इसाई बिद्यालयमा सोमबार एक महिलाले गोली चलाउँदा तीन बालबालिका र तीन वयस्कको मृत्यु भएको अधिकारीहरूले भने । शहरको ग्रीन हिल्स छिमेकमा रहेको कभेन्ट बिद्यालयमा प्रहरीले गोली हानेर संदिग्धलाई मारिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले पीडितहरूमा क्रमस ९ बर्षिय एभलिन डिकहस, ह्याली स्क्रग्स, र विलियम किन्नी, ६१ वर्षीया सिन्थिया पीक, ६० वर्षीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको भएको पुष्टि गरेका छन् । तीनै वयस्क विद्यालयका कर्मचारी भएको सिबिएसन्यूजले समाचार लेखेको छ ।
प्रहरीले पहिले नै गोली चलाउने महिलालाई नेसभिलकी २८ वर्षीया स्वेत महिलाको रूपमा पहिचान गरेको थियो । अधिकारीहरूका अनुसार उनीसंग “कम्तीमा” दुई आक्रमण राइफल र एक हाते बन्दुक भएको बताए ।
न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकले सोमबार दिउँसो तीन बालबालिकाको पहिचान भएको र उनीहरूका परिवारलाई सम्पर्क गरिएको पुष्टि गरे।
प्रतिक्रिया