पत्रकार कल्याण कोष पुरस्कार छनौट समिति गठन

इनेप्लिज २०७९ चैत १३ गते ०:१९ मा प्रकाशित

विराटनगर,१२ चैत । पत्रकार कल्याण कोष मोरङबाट प्रदान गरिने सिर्जनशिल र उदयमान पत्रकारिता पुस्कार –२०७९ यही चैत महिनामा प्रदान गर्नका लागि आज यहाँ बसेको बैठकले छनौट समिति गठन गरेको छ।

कोषका अध्यक्ष प्रल्हाद साहको संयोजकत्वमा गठन गरिएको समितिमा सचिव शर्मानन्द चौधरी र टीकाप्रसाद उप्रेती रहनु भएको छ।

प्रत्येक दुई बर्षमा प्रदान गरिने सिर्जनशिल पत्रकार पुरस्कारको राशी रु ५१ हजार १११ रहेको छ भने प्रत्येक बर्ष प्रदान गरिने उदयमान पत्रकार पुरस्कारको राशी रु ३१ हजार १११ रहेको छ।

विसं २०४२ मा स्थापना भएको कोषले मोरङलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्ने सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया