अमेरिकाको टेक्सस राज्यको युभाल्डी काउन्टीमा रेल डिब्बा ( कार)मा फस्दा कम्तीमा दुई आप्रवासीको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।
प्रहरीले शुक्रबार दिएको जानकारी अनुसार युभाल्डीका नगर प्रमुख डन म्याकलाफलिनले कुल १७ जना कन्टेनर(भाडो/डिब्बा )मा फसेको एबिसी समाचारलाई बताए ।
उनले दुई जनाको मृत्यु भएको पाँच जनालाई उदग्रबिमान (लाइफ फ्लाइट)बाट सान एन्टोनियो लागिएको र अन्य ७ जनालाई रुग्ण वाहिनी(एम्बुलेन्स) मा लगिएको बताए । तीन आप्रवासीहरु सकुसल रहेको उनले भने।
प्रारम्भिक खबर ३:५० मा आएको प्रहरीले बताए । स्थानीय समय अनुसार एक “अज्ञात व्यक्तिले रेल भित्रको डिब्बामा भित्र धेरै आप्रवासीहरू “निसासिएका ” छन् भन्दै खबर गरेको एबिसी समाचारले उल्लेख गरेको छ।
अमेरिकी सीमा गस्तीले निप्पा टेक्सस बाहिर दुई देखि तीन माइल रेल रोक्न सक्षम भएको थियो । अस्पतालमा भर्ना भएकाहरुको अवस्था अहिले थाहा नभएको युभाल्डी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया