कृतु भण्डारीद्वारा टिकटकबाट थालिएको अभियानले बेलारुसमा अलपत्र ९ नेपाली चेलीको सकुशल उद्दार !

मदन बस्नेत, क्यानाडा २०७९ चैत १० गते २१:११ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। टिकटकमा सामाजिक जागरणको अभियान चलाउँदै आएकी युवा अभियानकर्मी कृतु भण्डारी र उनलाई साथ र समर्थन गर्ने सामाजिक अभियन्ताहरुको सकृयतामा रोजगारीको शिलसिलामा बेलारुस पुगेर अलपत्र परेका ९ नेपाली चेलीहरुलाई शकुसल उद्दार गरिएको छ।

टिकटकमा “खाडी मुलुकमा कामकालागी गएका नेपाली कामदारहरुको समस्या” विषयक अन्तर्कृया कार्यक्रममा जोडिएका उक्त चेलीहरुले नून र पानी मात्र खाएर नारकिय जीवन बिताउन परेको र बिना पारिश्रमिक दैनिक घण्टौं काम गर्नु पर्ने बन्धक जीवन बिताउन बाध्य भएको कारुणिक अबस्थाको जानकारी दिएपछि कृतु भण्डारीको टिकटक फोरमले लगातार रुपमा उनीहरुको उद्दारको अभियानलाई जारी राख्यो र जनस्तरमा आर्थिक सहयोगको आव्हान गर्यो।

नेपाल सरकार र सम्बन्धित रास्ट्र बेलारुस हेर्ने राजदुतसंगको निरन्तरको सम्पर्क र टिकटकका माध्यमबाट उद्दार अभियानमा जुटेकी कृतु र उनको टिम अन्ततः बेलारुसमा अलपत्र ती ९ नेपाली चेलीहरुलाई उद्दार गरेर नेपाल ल्याउन सफल भएको छ।

त्यसरी स्वदेश फर्केका नेपाली महिलाहरूमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती तिलुङ, रमिता राई ,सुष्मा तामाङ, मीना गुरुङ र माथा सोताङ राई रहेका छन। उनीहरुलाई शुक्रबार अपरान्ह १२:४० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा कृतु भण्डारी लगायतको हजारौंको भिडले स्वागत गरेको थियो।

उनीहरुलाई उद्दार गरेर नेपाल ल्याउने अभियानको नेतृत्व गरेकी कृतु भण्डारीले सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरु कुनै पनि प्रकारको ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने गरी सबै प्रकारका कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्नु पर्ने बताएकी छ्न्।

उनले उद्दारको सफलतापछि अब त्यसरी नेपाली चेलीहरुलाई गलत कागजात बनाई बेलारुसमा अलपत्र पार्ने हरुको खोजी गरी कानूनी काबाही गर्ने अभियानमा जुट्ने बताएकी छ्न्।

बेलारुसबाट उद्दार गरि स्वदेश आईपुगेका चेलीहरुले पत्रकार सम्मलेन गरी उनीहरुलाई नेपाल ल्याउन सहयोग गर्ने कृतु भण्डारी नेतृत्वको सामाजिक अभियान्ताहरुको टिमलाई धन्यवाद दिएका छन्।

उद्दार अभियानको नेतृत्व गरिरहेकी सामाजिक अभियन्ता कृतु भण्डारीले पनि उद्दारको महान कार्यमा आर्थिक र नैतिक रुपले साथ र समर्थन दिने ह्रुदयका धनी सबै नेपालीहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गरेकी छ्न्।

कृतु भण्डारीको यो अभियान र सफलताले टिकटकबाट मनोरञ्जन मात्र लिन सकिने होईन, रचनात्मक र सामाजिक अभियानमा पनि जोडिन सकिन्छ भन्ने तथ्यलाई पनि पुष्टि गरेको छ।

  • मदन बस्नेत, क्यानाडाबाट।

प्रतिक्रिया