राहुल गान्धीको सांसद पद खारेज

इनेप्लिज २०७९ चैत १० गते १०:४२ मा प्रकाशित

कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । यो खबरले भारतीय कांग्रेस आक्रोस व्यक्त गर्नुको साथै आश्चर्यमा परेका छन् । उनको घरमा नेता ,कार्यकर्ता आउने क्रम जारी रहेको छ । कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ । सुरक्षा बढाईएको छ भने केही समय अगाडी सोनिया गान्धी राहुल गान्धीसंग उनको घरमा भेट गरेकी भारतीय संचार माध्यमले जनाएका छन् ।

कांग्रेसले भारतीय जनता पार्टीको ज्यादती र प्रजातन्त्रको हत्या,मोदी सरकारको निरंकुसता भनि आरोप लगाएका छन् । राहुल गान्धीको लोकसभा सदस्यता समेत खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

साथै उनलाई भारतीय रुपैया १५ हजार जरिवाना समेत तोकेको थियो । गान्धी केरलको वानाड निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध ४ वर्ष पहिले घृणात्मक अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध सुरतको एक अदालतले उनीमाथि सजाय सुनाए लगत्तै संसद सचिवालयले उनको सांसद पद खारेज भएको सूचना प्रकाशित गरेको हो ।

उनलाई अदालतले सजाय सुनाएता पनि उनि उच्च अदालतमा अपील गर्ने समय एक महिना हुनेछ ।

प्रतिक्रिया