कोलोराडोका दन्त चिकित्सकलाई औपचारिक रूपमा पत्नीको घातक विषाक्ततामा प्रथम श्रेणीको हत्याको आरोप

इनेप्लिज २०७९ चैत १० गते ०:३३ मा प्रकाशित

अमेरिकाको कोलोराडोका एक दन्त चिकित्सकलाई औपचारिक रूपमा पत्नीको घातक विषाक्ततामा हत्याको आरोप लगाइएको छ ।

दन्त चिकित्सकलाई प्रोटिन शेकमा विष हालेर श्रीमतीको हत्या गरेको आरोपमा बिहीबार औपचारिक रूपमा प्रथम श्रेणी (फस्ट डिग्री) हत्याको आरोप लगाइएको छ।

४५ दन्त चिकित्सक जेम्स टोलिभर क्रेग कोलोराडोको सेन्टेनियलको अरापाहो काउन्टी जिल्ला अदालतमा उपस्थित भएका थिए । स्थिति सुनुवाई अप्रिल ७ दिउँसो ३ बजे तय गरिएको एबिसी समाचारले लेखेको छ ।

अरोरा प्रहरी विभागले क्रेगलाई गत आइतवार बिहान प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको जनाएको थियो ।

“गम्भीर टाउको दुख्ने र चक्कर लाग्ने” बाट पीडित क्रेग र उनकी श्रीमती बेलुका ८:४५ बजे स्थानीय अस्पतालमा बुधबार राति आई पुगेको अधिकारीहरूले बताएका थिए ।

पत्नीको “अवस्था द्रुत रूपमा बिग्रिएपछि उनलाई वायुप्रवाहक (भेन्टिलेटर)मा राखिएको थियो भने केही समय पछि उनलाई मृत घोषित गरिएको थियो ।

उनको “अचानक” मृत्युको अनुसन्धान अनुसार उनलाई विष दिइएको विभागका डिभिजन प्रमुख मार्क हिल्डेब्रान्डले बताएका थिए ।

हिल्डेब्रान्डले तुरुन्तै पत्ता लागेको र यो एक जघन्य, जटिल र सुनियोजित गरिएको हत्या हो भनि बिज्ञप्तिमा उल्लेख गरेका थिए ।

तस्बिर कृतज्ञता :अरोरा प्रहरी बिभाग

प्रतिक्रिया