टिकटक प्रतिबन्ध बिषयमा टिकटकका प्रमुख कार्यकारी अधिकारी अमेरिकी कंग्रेसमा हुने सुनुवाईमा आज बयान दिदै

इनेप्लिज २०७९ चैत ९ गते १०:५९ मा प्रकाशित

सामाजिक सञ्जाल टिकटक अनुप्रयोग (एप )प्रतिबन्ध बिषयमा टिकटकका प्रमुख कार्यकारी अधिकारी (सिइओ)अमेरिकी कंग्रेसमा हुने सुनुवाईमा आज बयान दिने भएका छन् । अमेरिकी संसदमा प्रमुख शाउ जी चेउले प्रतिबन्धलाई सम्बोधन गर्नेछन ।

चिनियाँ स्वामित्वको सँस्था (कम्पनी)ले आफ्नो सामुदायिक दिशानिर्देशहरू स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकार र सामाजिक सञ्जाल अनुप्रयोग (एप ) टिकटक बीचको सम्भावित प्रतिबन्धलाई लिएर मार्च २३ बिहीबारका दिन प्रमुख शाउ जि चेउले सदनका सांसदहरूको समितिमा बयान दिनेछन ।

प्रत्येक महिना १५ करोड मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूले यो प्रयोग गर्दछन । प्रयोगकर्ताको तथ्याँक चिनियाँ सरकारको कब्जामा पर्न सक्छ र गलत जानकारी फैलाउन चीनले अनुप्रयोग (एप)लाई हतियार बनाउन सक्छ भन्ने डरले सरकारी अधिकारीहरूबाट टिकटकले बढ्दो छानबिनको सामना गर्नु परेको एबिसी समाचारले जनाएको छ ।

बबाइडेन प्रशासनले गत हप्ता टिकटकका संचालक बाइटडान्स अनुप्रयोग( एप)मा आफ्नो शेयर (हिस्सेदारी) बेच्न वा प्रतिबन्धित हुने जोखिम माग गरेको सँस्था र एक अमेरिकी अधिकारीले पहिले एबीसी न्यूजलाई बताएका छन् ।

“प्रतिबन्ध तब उपयुक्त हुन्छ जब त्यहाँ कुनै विकल्प हुदैन तर हामीसँग विकल्प छ,” प्रमुखको भनाइ छ ।

प्रतिबन्ध गर्ने सम्बन्धमा उनले अगाडी भने “हामि विश्वास गर्दैनौ कि अमेरिकी साना व्यवसायहरूलाई चोट पुर्याउने, देशको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने, १५० मिलियन (१५ करोड )भन्दा बढी अमेरिकीहरूको आवाजलाई मौन तुल्याउने, र बढ्दो केन्द्रित बजारमा प्रतिस्पर्धा घटाउने एक समाधानयोग्य समस्याको समाधान हो,”

चिनियाँ सरकारले टिकटकबाट अमेरिकी प्रयोगकर्ता तथ्याँक अनुरोध गरेको छैन, न त टिकटकले यस्तो अनुरोध पूरा गर्यो ,प्रमुखले भने ।

प्रतिक्रिया