कुनै पनि टेलिभिजन च्यानलको “टक शो” हेर्नुस प्राय त्यसमा कार्यक्रम प्रस्तोता ले अन्तर्वार्ता दिन आएको पाहुना हरुको झ्याँको झारिरहेको अर्थात् आक्रामक प्रश्न सोधेर त्यसको अपमान गरिरहेको देख्न पाइन्छ र त्यो कार्यक्रम हेरेर सामान्य दर्शक हरुले फलानो ले क्या प्रश्न सोध्छ भनेर प्रस्तोता को तारिफ गरेको सुन्न पाइन्छ. यदी तपाईं त्यो प्रस्तोता त्यस्तै निडर छ भन्ने कुरा मा सत प्रतिसत बिश्वास गर्नुहुन्छ भने तपाईं अपबाद लाइ छोडेर भ्रम मा हुनुहुन्छ. अधिकाँस त्यस्ता कार्यक्रम हरु रेकर्डेड हुन्छन र प्रश्न उत्तर पहिले नै तयार पारिएको हुन्छ अर्थात् मैले यस्तो यस्तो प्रश्न सोध्छु र तपाईंले यस्तो यस्तो उत्तर दिनुहोला भनेर फिक्सिंग गरिएको हुन्छ ।
यो सबै नाटक मन्चन कार्यक्रम को टी आर पी (टेलिभिजन वा टार्गेट रेटिङ्ग प्वाइण्ट) बढाउन को लागि हुने गर्छ. सामान्य अर्थमा जुन कार्यक्रम को टी आर पी बढी भयो त्यो कार्यक्रमको बिज्ञापन (एड) को दर महँगो हुन्छ र त्यसले बढी बिज्ञापन पनि पाउँछ. जुन च्यानल वा कार्यक्रम धेरै हेरिन्छ त्यो च्यानल वा कार्यक्रम को टी आर पी पनि बढी हुन्छ. यो टी आर पी ब्रोडकास्टिङ्ग अडियन्स रिसर्च काउन्सिल (बि ए आर सी) नामक सँस्थाले बिभिन्न तरिका ले निर्धारण गर्छ. यसको लागि हरेक घर को टेलिभिजन सँग जोडिएको सेट टप बक्स भित्र गोप्य तरिका ले एउटा यन्त्र राखिएको हुन्छ जसलाई “पिपुल्स मिटर” भनिन्छ. यो सबै सेट टप बक्स मा जोडिएको हुँदैन र अमेरिका मा करिब ५० हजार घरमा मात्र जोडिएको छ. यो यन्त्र जडान गर्दा अन्दाजी रुपमा सहरी र ग्रामिण क्षेत्र, उमेर र लिङ्ग को आधारमा र भाषा र राज्य औसत रुपमा राखिन्छ. यसबाट कस्तो “टार्गेट ग्रुप” ले कुन च्यानल र कस्तो कार्यक्रम बढी रुचाउञ्छन भन्ने थाहा पाइन्छ. यसबाट कति जनाले र कति समय उक्त च्यानल वा कार्यक्रम हेर्छन भन्ने जानकारी पाउन सकिन्छ।
यसरी टी आर पी बढाउनको लागि रियालिटी शो हरुमा जज हरु धुरु धुरु रुने, टक शो हरुमा निश्चित धर्म का मान्छे हरुलाई चोट पर्ने कुरा गर्ने जस्ता नाटक गरेर आफ्नो कार्यक्रम र च्यानल धेरै भन्दा धेरै मान्छे हरु लाइ हेर्न बाध्य पारिन्छ. जस्तै रिपब्लिक भारत नामको एउटा भारतीय च्यानलमा एक पटक एउटा मान्छे “गौ मुत्र खाने सबै मुर्ख हुन्” भन्दै थियो. अब तपाईं आफै विचार गर्नुस गौ मुत्र कसले गिलास भरि राखेर पिउँछ ? यो एउटा श्रद्दा ले अलिकति मुखमा लगाउने बस्तु हो. अब यस्तो मान्छे को धर्म र श्रद्धा जस्तो सम्बेदनसिल बिषय को बिरोध मा कसैले बोल्यो भने त्यो धर्म मान्ने मान्छे ले नबिराइकन हेर्ने भयो र त्यो च्यानल को टी आर पी बढ्न जान्छ. आफुलाई राष्ट्र को चौथो अङ्ग दाबि गर्नेहरुले गरेको घटिया क्रियाकलाप हरुको बारेमा लेख्यो भने एउटा छुट्टै पुस्तक लेख्न सकिन्छ ।
हाम्रो देशमा पनि विदेशको भद्दा नक्कल गर्दै चिच्याउने पत्रकारिता को बिकास हुँदै छ. च्याउ झैँ उम्रिएका टेलिभिजन चयानल हरु र अपबाद बाहेक का नेपाल सरकार को पीउनको परिक्षा पनि उतिर्ण गर्ने हैसियत नभएका कार्यक्रम प्रस्तोता हरुले सोध्ने गरेको वहियात प्रश्न सुन्दा त्यस्ता कार्यक्रम प्रति नै आम दर्शक हरुको दृष्टिकोण त्यति सकारात्मक छैन. पंक्तिकार ले नबुझेको के भने टक शोमा आएका पाहुना हरु त्यस्ता सुन्दै नमिठो लाग्ने प्रश्न को उत्तर दिएर बस्नु भन्दा त्यो प्रस्तोता लाइ एक थप्पड कसेर बाहिर किन निस्कन्न? सायद उनीहरुले यस्तो भद्दा प्रश्न को उत्तर दिन च्यानल बाट केहि रकम लिएको हुनुपर्छ ।
अभिव्यक्ति स्वतन्त्रता को नाम मा मनपरी लाइ पत्रकारिता मानेर सम्बन्धित निकाय ले पनि आँखा चिम्लिदा पत्रकार को आवरण मा गैर जिम्मेदार झुण्ड ले जे मन लाग्यो त्यो गर्दा बास्तब मै “इथिकल जर्न्लिजम” गर्ने हरुलाई पनि अफ्ठ्यारो परेको कुरा लाइ पनि नकार्न सकिन्न. अत आदरणीय दर्शक हरुले नै त्यस्ता कार्यक्रम नहेरे समस्या अलि कम हुन्थ्यो कि?
@twitter#naviinr
पत्रकार तथा लेखक
प्रतिक्रिया