न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको हो ।
सन् १९९९ देखि संस्थागत रुपमा कार्यशिल घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु द्वारा संगठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ ।
स्थानिय भाषामा “घ्यालम्” भनेको ठुलो बाटो र “सुम्दो” भनेको तिन तिरबाट जोडिएको र समग्रमा तिन तिरबाट जोडिएको ठुलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांस बासिन्दा बौद्ध धर्मालम्बिहरु भएकाले ल्होसार पर्वको ठुलो महत्व रहेको हुन्छ ।
हरेक वर्ष हर्षोल्लासका साथ मनाईने ल्होसार यस पालि पनि गत वर्ष (बाघ वर्ष) लाई विदाई र नया वर्ष (खरायो वर्ग) को आगमनलाई सुसज्ज्ति कार्यक्रमम विभिन्न सांस्कृतिक प्रस्तुतीहरुका साथ मनाए छन् । संस्थाका अध्यक्ष श्री निमा छिरिंग घलेको सभापतित्वमा र नेपाली महाबाणिज्यदुताबासको कार्यालय, न्युयोर्कका बाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतित्थ्यतामा सुरुवात भएको कार्यक्रममा न्यूयोर्क राज्यका सांसद स्टिभन रागा, काउन्सिल मेम्बर जुली वनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैर आवासिय नेपाली संघ अमेरिका,न्यूयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिंग शेर्पा,कलेजप्वाईन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसियसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पीटलका प्रमुख डा. डेनिस् सेराभोलो, धर्मगुरु लामा तेन्जीबको विशेष आतिथ्यता रहेको थियो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता, संचारकर्मीहरुको पनि उपस्थिती रहेको कार्यक्रमको औपचारिकता भने संस्थाका महासचिब राजु लामाले गरेका थिए । लामो समय देखि विभिन्न क्षेत्रमा जिम्मेवारी लिदै संस्था प्रतीको योगदानलाई उच्च मुल्यांकन गर्दै संस्थाका संयोजक छिरिंग लामा, राजु गुरुंग र चित्र कुमारी गुरुंगलाई क्रमस “सेभ द कल्चर”, “खेलकुद” र “महिला तथा आमा समुह” संयोजकको रुपमा विशेष सम्मान गरेका थिए ।
कार्यक्रममा दोस्रो चरण साँस्कृतिक कार्यक्रम हुदै रमाईलोका साथ सम्पन्न भएको कार्यक्रममा वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द राई र नृत्य कोरियोग्राफर गौरी लामाले तयार पारेका नृत्य प्रस्तुतीहरुले कार्यक्रमलाई थप रोचक बनाउदै रमाईलो र हर्षोल्लास पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया