मातृभूमि नेपालद्वारा राष्ट्रिय क्रिकेट खेलाडी राजवंशी र कँडेललाई सम्मान

इनेप्लिज २०७९ चैत ७ गते २२:०३ मा प्रकाशित

विराटनगर७ चैत । सामाजिक क्षेत्रमा कार्य गर्ने मातृभूमि नेपालले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज साँझ यहाँ सम्मान गरेको छ।

नेपाल खेलकूद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत र मातृभूमिका अध्यक्ष मोहम्मद चाँद इराकीले नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई संयुक्त्त रुपमा सम्मान गर्नु भयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष बस्नेतले राज्यले खेलाडीहरुलाई सम्मान, प्रोत्साहन भत्ता एवं जिविकोपार्जनको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो ।

मातृभूमिका अध्यक्ष इराकी, विराट खेलकूद क्लवका अध्यक्ष मोहम्मद नसशरुल,खेलाडी रोशन वुढाथोकी र समाजसेवी अनुजा कोइरालाले युवाहरुलाई सकारात्मक वाटोमा लाग्न आग्रह गर्दै विश्व कपमा विजयी भएर आउनका लागि शुभकामना दिनु भयो ।

प्रतिक्रिया