अठार युरोपेली राष्ट्रहरूले “युक्रेनलाई सहयोग गर्न र राष्ट्रिय भण्डारहरू भर्नका लागि संयुक्त रूपमा गोला बारुद किन्न सहमत भएका छन ।
युरोपेली रक्षा सँस्थाले सोमबार एक समाचार विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई गोलाबारुदको आपूर्तिलाई तीव्रता दिने युरोपेली संघको योजनाले उसलाई “हाम्रो एकतामा विश्वास” दिएको बताएका छन्।
“यो निर्णय २ अरब डलर( बिलियन )यूरो बराबरको छ । यसले तुरुन्तै वितरण र गोलाबारुदको उत्पादन दुवै प्रदान गर्दछ। यो एक रणनीतिक कदम हो, “उनले सोमबार राती सम्बोधनमा भने।
“यसले हामीलाई हाम्रो एकतामा, आतंकवादी राज्यमाथि विजयतर्फको प्रगतिको स्थिरतामा विश्वास दिलाउछ । म युरोपका हाम्रा सबै साझेदारहरूप्रति आभारी छु। युरोपलाई बलियो र स्वतन्त्र बनाउन साँच्चै प्रतिबद्ध सबैलाई, “उनले थपे।
बाइडेन प्रशासनले सुरक्षा सहायतामा थप ३५० मिलियन डलरको सहायता दिएको अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले घोषणा गरेका छन् ।
अमेरिकाले उपलब्ध गराएको एचआईएमएआरएस र युक्रेनले आफ्नो रक्षा गर्न प्रयोग गरिरहेको होविट्जरका लागि थप गोला बारुद,बख्तरबन्द ,एचएआरएम क्षेप्यास्त्र ,मार हान्न सक्ने हतियारहरू र अन्य उपकरणहरूका लागि गोला बारूदहरू समावेश रहेको ब्लिन्केनले एक बिज्ञप्तिमा जनाएका छन् ।
प्रतिक्रिया