‘प्रविधिको प्रयोगमार्फत कृषि तथा पशुपालन क्षेत्रमा उत्पादन वृद्धि गर्नुपर्छ’

इनेप्लिज २०७९ चैत ६ गते २१:३७ मा प्रकाशित

विराटनगर,६ चैत । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्त्तिप्रसाद सिटौलाले प्रविधिको प्रयोगमार्फत कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन वृद्धि गर्नुपर्ने बताउनु भएको छ ।

मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशालयद्वारा आज यहाँ आयोजित आर्थिक बर्ष २०७९ः८० को दोस्रो चौमासिक तथा अर्ध बार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री सिटौलाले व्यवसायिक रुपमा माछा,मासु , दुध र कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्थापना गर्न कर्मचारीहरुले कृषकहरुलाई सदैब साथ र सहयोग दिनु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

उहाँले पशुपालक कृषकहरुलाई आवश्यक सेवा सुविधा जिल्लामा सहज रुपमा उपलव्ध गराउनका लागि आगामी आर्थिक बर्षभित्र प्रदेशका छ जिल्लामा पशु सेवा विज्ञ केन्द्रको स्थापना गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले प्रदेशका बङ्गुर फार्मका व्यवसायीहरुको भएको क्षतिपूर्ति वडर््फलु सरह उपलव्ध गराउन सङ्घीय सरकार समक्ष पहल गर्ने विचार राख्नु भयो ।

उहाँले जनप्रतिधिको सहयोगमा रेविज नियन्त्रणका लागि जनचेतना जागृत गराउने कार्य गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

निर्देशनालयका प्रमुख डा पशुपति ढुङ्गाना, योजना अनुगमन तथा मूल्याङकन महाखाका प्रमुख पशुपति पोखरेलले प्रयोगशाला र खोपलाई प्रभावकारी रुपमा अगाडि वढाउनु पर्ने विचार राख्नु भयो ।

सो अवसरमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशुसेवा तालिम केन्द्र दुहवी, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर, ओखलढुङ्गा, सङखुवसभा, झापा, धनकुटा, सुनसरी उदयपुर र मोरङका कार्यालय आफ्नो जिल्लामा भएका प्रगतिका विवरण पेश गरिएको थियो ।

प्रतिक्रिया